मालिका आर्चरी बन्यो प्रथम मिसा कपको उपविजेता (तस्बिरहरु)

  म्याग्दी न्युज संवाददाता

बेनी । मालिका आर्चरी क्लब प्रथम मिसा कप–७९ को उपविजेता बनेको छ । ग्रिन गार्डेन स्पोर्ट पोखराद्वारा आयोजित शनिबार पोखरामा सम्पन्न पहिलो खुल्ला मिन बहादुर शेरचन आर्चरी प्रतियोगितामा मालिका आर्चरी क्लब दरबाङ दृतिय हुन सफल भएको हो ।

मिसा कपको उपाधी भने म्याग्दी मगर संघ काठमाडौं ‘ए’ले जितेको छ । १३ समुह सहभागि प्रतियोगितामा म्याग्दी मगर संघ काठमाडौं ‘बि’ तृतिय भएको छ । उपाधि विजेता म्याग्दी मगर संघ काठमाडौं ‘ए’ले एक लाख दश हजार ,उपविजेता मालिका आर्चरीले पचास हजार र तृतिय म्याग्दी मगर संघ काठमाडौं ‘बि’ले तीस हजार रुपैयाँ सहित प्रमाणपत्र मेडल लगायत पुरस्कार हात पार्न सफल भएका छन् । मालिका आर्चरीले यस अघि पनि विभिन्न क्षेत्रमा आयोजित प्रतियोगिताहरु समेत जित्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार