आगामी चुनावमा अन्नपूर्ण गाउँपालिका अध्यक्षमा उठ्ने डा.महावीर पुनको संकेत

  म्याग्दी न्युज संवाददाता

बेनी । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुन आगामी स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिने संकेत गरेका छन् । गण्डकी रत्नबाट सम्मानित पुन म्याग्दीको अन्नपुर्ण गाउँपालिका प्रमुखमा उठ्ने संकेत गर्नुभएको हो ।

सामाजिक सञ्जाल फेसबुकमार्फत संकेत गर्दै डाक्टर पुनले लेख्नुभएको छ,‘आगामी  गा.पा. चुनावमा अन्नपुर्ण गाउँपालिका म्याग्दीबाट प्रमुखमा उठ्नुपर्ला जस्तो देखिँदैछ र आवश्यक परे उठिन्छ पनि ।’

एसियाको नोबेल पुरस्कारले चिनिने ‘रोमन म्यागासेसे अवार्ड’द्धारा सम्मानित पुनको उक्त पोष्टमा सकरात्मक प्रतिक्रियाहरु आइरहेका छन् । केहीले उहाँलाई प्रतिनिधि सभा सदस्यमा उठ्नका लागि सुझाव प्रस्तुत गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार