कांग्रेसका शुभेच्छुक संस्थाहरुको प्रथम भेला

  म्याग्दी न्युज संवाददाता

बेनी । नेपाली कांग्रेस निकट शुभेच्छुक संस्थाहरुको प्रथम भेला तथा बैठक सम्पन्न भएको छ । शनिबार बेनीमा कांग्रेस निकट शुभेच्छुक संस्थाहरुको समन्वय विभाग संयोजक दुर्गाराम सुवेदीको संयोजकत्व तथा कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

भेलालाई सम्बोधन गर्दै सभापति गर्बुजाले कांग्रेसको संगठन निर्माणमा शुभेच्छुक संस्थाहरुको भुमिका महत्वपुर्ण भएको बताउँदै आगमी दिनमा थप सक्रिय भएर लाग्न आग्रह गर्नुभयो । उहाँले आगमी मंसिरमा हुने प्रदेशसभा र संघिय निर्वाचन केन्द्रित भएर लाग्न समेत निर्देशन दिनुभयो ।

कांग्रेसको निति ,सिद्धान्त र सरकारले गरेका राम्रा कामहरुको प्रचारप्रसार गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । कार्यक्रममा उपभापति तथा बेनी नगरका निवर्तमान प्रमुख हरिकुमार श्रेष्ठ ,उपसभापति केबी भण्डारीले पार्टीलाई थप बलियो बनाउन र आगमी निर्वाचनमा विजयी बनाउन सबैको भुमिका उत्तिकै महत्वपुर्ण हुने बताउनुभयो । म्याग्दीमा ९ शुभेच्छुक संस्था सक्रिय रहेका छन् ।

भेलामा नेपाल ट्रेड युनियन कांग्रेस ,नेपाल शिक्षक संघ,नेपाल लोकतान्त्रीक खेलकुद संघ ,नेपाल कर्मचारी युनियन ,नेपाल प्रेस युनियन ,नेपाल नेपाल लोकतान्त्रीक सांस्कृतिक संघ ,नेपाल प्रजातान्त्रीक विकास समाज ,नेपाल लेखक सघ र नेपाल निजामति कर्मचारी युनियनका प्रतिनिधिहरुले बोलेका थिए । कार्यक्रमको संचालन नेपाल ट्रेड युनियन कांग्रेस म्याग्दीका सभापति कोमलप्रसाद उपाध्यायले गर्नुभएको थियो ।कार्यक्रममा कांग्रेस म्याग्दीका सचिवद्धय हिराबहादुर पुन र भरत रकाल लगायतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार