गलेश्वरमा डेंगु रोग सम्बन्धि सचेतना तथा सरसफाई

  धनिलाल गर्बुजा

गलेश्वर । म्याग्दीको बेनी नगारपालिका–९ गलेश्वरमा डेंगु रोग सम्बन्धी सचेतना तथा सरसफाई कार्यक्रम सम्पन्न भएको छ । शनिबार एक कार्यक्रम बिच गलेश्वरधाम आमा समुहको आयोजनामा गलेश्वर बजार क्षेत्रमा डेंगु रोग सम्बन्धी सचेतना तथा सरसफाई कार्यक्रम गरेको हो ।

खासगरी एन्टी एजिट नामको भाइरस बोकेको पोथी लामखुट्टेबाट डेंगु रोग सर्ने गर्दछ, जसले दिउँसो मात्र टोक्छ। अहिलेसम्म डेंगु मनिसबाट मनिसमा सरेको छैन। डेंगु ज्वरो भएका बिरामीलाई एडिज जातको लामखुट्टेले टोकेपछि उक्त लामखुट्टेले मान्छेलाई टोक्दा डेंगु रोग सर्दछ।

डेंगुबाट वचौ र बचाउ भन्ने मुल उद्देश्य का साथ रोग नियन्त्रणका लागि सबैलाई आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न समुहकी अध्यक्ष फुलकुमारी रोकाले  आग्रह गर्नु भयो । डेंगु नियन्त्रण गर्न घर घरमा गई जनचेतना जोगाउने ३ दिन भन्दा बढि घरमा राखिएको खुल्ला पानी नष्ट गर्ने, लामखुट्टेको टोकाइबाट बच्न बाहुले लुगा लगाउने र बस्ती वरपरका झार जंगल फडानी, पानी जम्ने खल्ता खुल्ती पुर्ने जस्ता जनचेतनामुलक सन्देश फैलाउने कार्यक्रमको उद्देश्यले रहोको रोकाले  बताउनु भयो ।

रघुगंगा–३ पिप्ले स्वास्थ्य चौकीका प्रमुख शिव पाण्डेका अनुसार डेंगु ज्वरो ५ देखि ७ दिनसम्म रहने र मानिसको रक्तकोष घट्न गई रोग प्रतिरोधात्मक क्षमतामा ह्रास हुने गर्दछ, फलस्वरुप मानिसहरु सिकिस्त हुन्छ । ज्वरो आउने, आँखा रातो हुने र दुख्ने, टाउको, पेट, जोर्नी र मांसपेशी दुख्ने, आलस्य हुनेजस्ता डेंगुका सुरुवाती लक्षणहरु देखा पर्ने पाण्डले जानकारी गराउनु भयो ।

ससमुहकी सदस्य चाहाना केसीले डेंगु रोग नियन्त्रण गर्नका लागी बिशेष गरी रसफाईमा ध्यान दिनु पर्ने बताईन । उहाँले भन्नु भयो ‘सरसफाईमा संकलन भएका कुहिने र नकुहिने फोहर छुत्याएर उचित व्यवस्थापन गरेको छौं’ । गलेश्वर आमा समुहका प्रवेश द्वार देखी सुरु गरेको सरसफाई शिव मन्दिर, गंगा जाने बाटो, बजार क्षेत्र हुदै पेट्रो पम्पमा गएर समापन भएको थियो । कार्यक्रममा बाजार बासी, क्लव, इकाई प्रहरी चौकी गलेश्वर, शसस्त्र प्रहरी गुल्म लगाएतका १५० जनामा बढी सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार