म्याग्दीमा नेकपा एमालेबाट प्रतिनिधिसभातर्फ श्रेष्ठ, प्रदेशसभामा केसी र गर्बुजा

  म्याग्दी न्युज संवाददाता

म्याग्दी । आगामी मंसीर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको लागि नेकपा (एमाले)ले म्याग्दीको प्रतिनिधिसभामा हरिकृष्ण श्रेष्ठ , प्रदेशसभा (क) मा देवेन्द्रबहादुर कटुवाल र प्रदेशसभा (ख) मा याम गर्वुजालाई उम्मेदवार बनाउने भएको छ । प्रतिनिधिसभामा एमाले म्याग्दीले पूर्व जिल्ला अध्यक्ष समेत रहनुभएका श्रेष्ठको एकल नाम सिफारिस गरेको थियो । श्रेष्ठ एमाले गण्डकी प्रदेश कमिटीका सचिवालय सदस्य समेत हुनुहुन्छ ।

प्रदेश सभा (क) मा प्रत्यक्षतर्फको उम्मेदवारका लागि एमालेका जिल्ला अध्यक्ष देवेन्द्रबहादुर कटुवाल, उपाध्यक्ष बालकृष्ण सुवेदी, नेताहरु सन्तोष रावल, लोक भण्डारी, नारायण जिसी, हेमकुमारी पुन, शिवकुमार बरुवाल र प्रकाश पौडेललाई सिफारिस थियो । सिफारिस भएकामध्ये जिल्ला अध्यक्ष कटुवाललाई पार्टीले टिकट दिने निर्णय गरेको हो ।

त्यसैगरि प्रदेशसभा क्षेत्र (ख) को प्रत्यक्ष तर्फ प्रदेश कमिटी सदस्य रामचन्द्र गौतम, नेता यामबहादुर गर्बुजा, धनबहादुर गुरुङ, पदमलाल सापकोटा र यसोदा रोकालाई सिफारिस गरिएको थियो । सिफारिस भएकामध्ये यामबहादुर गर्वुजालाई पार्टीले टिकट दिने निर्णय गरेको छ । गठबन्धन अन्तरगतका पार्टीहरुले भने अहिलेसम्म नाम सार्वजनिक गरेका छैनन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार