नेपाली कांग्रेस अन्नपूर्ण गाउँपालिका सभापतिको जिम्मेवारी बरुवाललाई

  म्याग्दी न्युज संवाददाता

बेनी । नेपाली कांग्रेस, म्याग्दीले अन्नपूर्ण गाउँपालिकाको सभापतिको जिम्मेवारी कृष्णप्रसाद बरुवाललाई दिएको छ ।बेनीमा सोमबार बसेको जिल्ला कार्यसमितिको बैठकले बरुवाललाई गाउँपालिका सभापतिको जिम्मेवारी दिने निर्णय गरेको हो । कांग्रेस म्याग्दीका कोषाध्यक्ष अमृतमान शेरचनले सभापतिले समय दिन नसक्ने जानकारी गराएपछि बरुवाललाई सभापतिको जिम्मेवारी दिने निर्णय गरेको जानकारी दिनुभयो ।

कांग्रेस अन्नपूर्णका सभापति क्याप्टेन बलबहादुर तिलिजा एक वर्ष अघि भएको कांग्रेस पालिका अधिवेशनका क्रममा बरुवाललाई एक मतले पछि पार्दै सभापतिमा निर्वाचित हुनुभएको थियो । तिलिजा यस अघि सम्पन्न स्थानीय तह निर्वाचनमा गाउँपालिका अध्यक्षमा पराजित हुनुभएको थियो ।सभापतिको जिम्मेवारी पाउनुभएका बरुवाल पुर्व जिल्ला सदस्य हुनुहुन्छ । उहाँ अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ६ को निवर्तमान वडा अध्यक्ष समेत हुनुहुन्छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार