नवौं राष्ट्रिय खेलकुद : महिला भलिबल प्रतियोगितामा गण्डकी प्रदेशकाे विजयी सुरुवात (फोटो फिचर)

रिमा कुँवर म्यान अफ दी म्याच घोषित

  म्याग्दी न्युज संवाददाता

बेनी। म्याग्दी सदरमुकाम बेनीमा सुरु भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला भलिबल प्रतियोगितामा गण्डकी प्रदेशले विजयी सुरुवात गरेको छ । बेनीको खुल्ला मञ्चमा बिहिबार भएको उद्घाटन खेलमा सुदुरपश्चिमलाई ३–० को सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको हो ।

प्रतिस्पर्धात्मक खेलमा गण्डकीले २५–१८ ,२५–८ र २५ –२२ को जित निकाल्न सफल भयो । विजयी भएको गण्डकी प्रदेशकी रिमा कुँवर म्यान अफ दी म्याच घोषित हुनुभयाे । दश टीम सहभागि प्रतियोगिता लिक कम नक आउट सिस्टममा खेलाइएको छ । पाँच दिनमा १६ वटा खेल सञ्चालन हुनेछन् ।

समुह १ र २ मा तीन/तीन र समुह ३ र ४ मा २/२ वटा टिम छन् । असोज २८ गते बिहान ८ बजे समुह १ को शसस्त्र प्रहरी र कर्णाली प्रदेश, १० बजे समुह २ को बाग्मती र प्रदेश १ र २ बजे तेस्रो समूहको नेपाल पुलिस क्लव र लुम्बिनी बिच हुने भएको छ । असोज २९ गते बिहान १० बजे पोल १ को कर्णाली र त्रिभुवन आर्मी र २ बजे बाग्मती र मधेश प्रदेशबीच पहिलो चरणको प्रतिस्पर्धा हुनेछ् ।

पहिलो चरणका समूह बिजेता र उपबिजेता टिमबिच असोज ३१ गते क्वाटर फाइनलको खेल सञ्चालन हुने जिल्ला खेलकुद विकास समितिले जनाएको छ । क्वाटर फाइनलका विजेता र उपविजेताबीच कात्तिक १ गते सेमी फाइनल हुनेछ् ।

कात्तिक २ गते बिहान क्वाटर फाइनलका उपबिजेता र दिउँसो क्वाटर फाइनलका बिजेता टिमबिच फाइनल खेल सञ्चालन हुने तालिका बनाइएको छ । जिल्ला खेलकुद विकासको कर्वड हलमा तेक्वान्दो प्रतियोगिता सुरु भएको छ ।कार्यक्रमको उद्घाटन जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले गर्नुभएको थियो ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार