गठवन्धनका उम्मेद्वारको घरदैलो र मतदाता भेटघाट जारी

  म्याग्दी न्युज संवाददाता

बेनी। नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका उमेद्वारको टोलीले सोमबार म्याग्दीका विभिन्नि ठाउँमा मतदाता र कार्यकर्ता भेटघाट तथा घरदैलो गरेका छन् ।प्रतिनिधिसभा सदस्यका उमेद्वार काँग्रेसका खम्बिर गर्बुजा ‘खम्बिर’, प्रदेशसभा क्षेत्र (क)का उमेद्वार हरिबहादुर भण्डारीको टोलीले बेनपा–१ आनन्दबगर, लामगरा, सारेमारे र सिममा घरदैलो तथा बेनपा–४ डाडाखेतमा कार्यकर्ता भेटघाट गर्नुभएको छ ।

बिहान बेनपा–९ नेप्टेचौरमा प्रदेशसभा सदस्यका उमेद्वार भण्डारी सहित काँग्रेस र माओवादीका नेता कार्यकर्ताहरुले मतदाता भेटघाट र घरदैलो गरेर मंसिर ४ गते हुने चुनावमा गठबन्धनलाई जिताउन आग्रह गर्नुभयो ।

यसैगरी प्रदेशसभा क्षेत्र (ख)का उमेद्वार माओवादीका रेशम जुग्जाली (सुविन)सहितको टोलीले मंगला गाउँपालिका–२ सिमलचौरमा मतदाता भेटघाट र घरदैलो गरेर सोमबारनै धवलागिरी गाउँपालिका–६ मराङ पुग्नुभएको छ ।

उमेद्वार तथा नेताहरुहरुले संविधानको रक्षा, भ्रष्ट्राचारको अन्त्य, शुसासन, जनमैत्री कानुन निर्माण, जिल्लाको समग्र विकास र सम्बृद्धीका लागि गठबन्धनका उमेद्वारलाई जिताउन आग्रह गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार