माटोको ढिस्कोले पुरिएर निर्माण व्यवसायी बरुवालको मृत्यु

  म्याग्दी न्युज संवाददाता

बेनी । म्याग्दी सदरमुकाम बेनी स्थित म्याग्दी बहुमुखी क्याम्पसको नयाँ भवन बनाउने क्रममा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ । बुधवार विहान भवन निर्माणका लागि जग खन्ने क्रममा नापजाँच गर्न पुग्नुभएका निर्माण व्यवसायी अन्दाजी वर्ष ४५ का कृष्ण बरुवालको ढिस्कोले पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

अन्नपूर्ण गाउँपालिका- ६ ,घार निवासी बरुवालले ठेक्कामा क्याम्पसको भवन बनाउन लाग्नुभएको थियो । डोजरले खारेर भिरालो परेको भित्ताको ढिस्को एक्कासी खसेर बरुवाल पुरिएको प्रहरीको भनाई छ ।

पुरिएको एकण्टापछि प्रहरी र स्थानीयवासीले डोजरको सहायताले उद्धार गरी बेनी अस्पतालमा पु¥याइएको थियो । प्रहरी नायव उपरिक्षक तिलक भारतीका अनुसार अस्पताल पु¥याइए लगत्तै बरुवाललाई चिकित्सकले मृत घोषणा गरेका थिए । कांग्रेस घार वडा इकाई सभापति समेत रहनुभएका बरुवाल जिल्लामा राम्रो काम गर्ने निर्माण व्यवसायीका रुपमा परिचित हुनुहुन्थ्यो । वरुवालको निधनको खबरले घार गाउँ शोकमा ढुबेको छ ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार