थप प्याराफिट निर्माण सुरु

  म्याग्दी न्युज संवाददाता

बेनी । म्याग्दी सदरमुकाम बेनी स्थित खुल्ला मञ्चमा थप प्याराफिट निर्माणको काम सुरु भएको छ ।निर्माणाधीन ‘बेनी मिनि रंगशाला’मा थप निर्माण गर्न लागिएको प्याराफिटको मंगलबार वडा नम्बर ७ का वडा अध्यक्ष रमेशकुमार श्रेष्ठले उद्घाटन गर्नुभयो । ३५ मिटर लम्बाइमा चार तहको प्याराफिट बनाउन लागिएको प्राबिधिक गोपाल मगरले बताउनुभयो ।प्याराफिट निर्माणको लागि नगरपालिकाले चालु आर्थिक बर्षमा ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । उत्तरगंगा निर्माण सेवाले मंसिर पहिलो साता ३५ लाख ९३ हजार १०ज्ञ१ रुपैयाँमा प्याराफिट निर्माणको ठेक्का सम्झौता गरेको थियो ।

????????????????????????????????????

यसअघि म्याग्दी नदीको किनारतर्फ एक सय पाँच मिटर लामो र पाँच मिटर अग्लो पर्खाल बनाइएको छ । पर्खालमाथि करिब ५० मिटर प्याराफिट बनिसकेको छ । आगामी चैत महिनाभित्र काम सम्पन्न गर्ने सम्झौता छ ।बेनी नगरपालिकाका प्रमुख सुरत केसीले गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्रालयले बिनियोजन भएको ८ लाख रुपैयाँ बजेटबाट कालीगण्डकी किनारतर्फ अधुरो पर्खाललाई पूर्णता दिने र माटोले पुरेर ‘फिलिङ’ गर्ने काम भैरहेको बताउनुभयो । अधुरो पर्खाल र प्याराफिट निर्माणका लागि हिउँद अधिवेशनबाट थप बजेट व्यवस्थापन गर्ने नगरप्रमुख केसीले बताउनुभयो । बेनीको खुल्ला मञ्चलाई विस्तार र स्तरोन्नति गर्न सञ्चालित योजना यसअघिका दुई वटा आर्थिक वर्षमा बजेट अभावका कारण अधुरो र अलपत्र बनेको थियो ।

????????????????????????????????????

कालीगण्डकी र म्याग्दी नदीको दोभानमा रहेको मैदानलाई विस्तार गर्न र प्यारापिट बनाउन विसं २०७४ मा ९ करोड रुपैयाँ लागत अनुमान गरिएको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारिएको थियो । फुटबल, क्रिकेट र एथ्लेटिक्स खेलको अभ्यास गर्ने र प्रतियोगिता सञ्चालन गर्ने एकमात्र मैदान खुल्ला मञ्च हो । जिल्लास्तरीय मेला, महोत्सव, सभा, समारोह, सांस्कृतिक कार्यक्रम र सम्मेलन यही हुने गर्छ ।

????????????????????????????????????

त्रिकोण आकारको मैदान हाल ८० मिटर लामो र ३८ मिटर चाक्लो छ । कालीगण्डकी र म्याग्दी नदीको किनारतर्फ पक्की पर्खाल उठाएर लम्बाइलाई ९६ मिटर र चौडाइलाई ४५ मिटरको बनाउन लागिएको वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो । कालीगण्डकी किनारतर्फ करिब ५० मिटर लामो प्याराफिट बनाउन पिल्लर ठडाइएको छ । दर्शक बस्ने चार तहको प्यारापिट बनाउने योजना छ । वडा सदस्य सोहन श्रेष्ठ (विशाल)ले हाल नौ÷नौ जनाको फुटबल खेलाइने खेलमैदान विस्तार गरेपछि ११÷११ जनाको टिम खेलाउने गरिएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार