रघुगंगा गाउँपालिकामा ४५ दिने निशुल्क कुक तालिम

  म्याग्दी न्युज संवाददाता

म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिकाले वडा नम्बर तिप्ल्याङमा ४५ दिने निशुल्क कुक तालिम सुरु गरेको छ । मंगलबारदेखि तिप्लायङमा ‘गरिबी निवारणका लागि लद्यु उद्यम विकास कार्यक्रम’ अन्र्तरगत ४५ दिने व्यवासायिक कुक तालिमको शुभारम्भ गरिएको हो । ४५ दिन सम्म सञ्चालन हुने तालिममा गाउँपालिका भित्रका ४० जनाको सहभागिता रहेको छ । तालिममा तिप्याङका २५ जना र प्रत्येक वडामा सञ्चालन भएका होमस्टेबाट दुई÷दुई जना गरि ४० जनालाई तालिम दिईने गाउँपालिले जनाएको छ ।

तालिममा सहभागीलाई काठमाडौं एसिएन हस्पीलाटी एकेडेमीका रविन घले र अविसेक दियालीले प्रशिक्षण दिने गाउँपालिकाका शिक्षा अधिकृत कृष्णप्रसाद सुबेदीले बताउनुभयो । तालिमको उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष भव बहादुर भण्डारीले सिपमुलक तालिम मार्फत युवाहरुलाई आर्थिक आयआर्जन संग जोड्न तालिमको आयोजना गरिएको बताउनुभयो ।

उहाँले यो आर्थिक बर्ष विभिन्न कार्यक्रम अन्तरगत करिब एक हजार जनालाई सिपमुलक तालिम दिईने बताउनुभयो । ‘हामीले विशेष युवाहरु लक्षित तालिमको आयोजना गरेका छौँ,यसले युवाहरुले रोजगारीको अवसर पाउछन् ।’तालिममा सहभागीलाई नेपाली, इन्डेन, चाइनिज, कन्टीडेन्टल लगायतका खानाका परिकार बनाउन सिकाईने प्रशिक्षक घलेले बताउनुभयो । तालिमको उद्घाटन कार्यक्रम वडा सदस्य बलमान गौचनको अध्यक्षता, सुबेदीको सञ्चालनमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार