लियो क्लबको दोस्रो जिल्ला परिषद् बैठक बेनीमा

  म्याग्दी न्युज संवाददाता

बेनी । लियो क्लबको दोस्रो जिल्ला परिषद् बैठक बेनीमा सुरु भएको छ । लियो डिष्ट्रिक काउन्सिल ३२५ आई ,नेपालद्धारा आयोजित उक्त कार्यक्रमको शुक्रबार प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि रानाले उद्घाटन गर्नुभयो ।

लियो क्लब अफ बेनीद्धारा होष्ट उक्त कार्यक्रममा देशभरिबाट ४२ क्लबका एक सय बढी प्रतिनिधिहरुको सहभागिता रहेको लियो क्लब अफ बेनीका अध्यक्ष लियो अनिल पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार शुक्रबार डिपी ब्याडमिन्टन प्रतियोगितामा प्रथम र द्धितिय हुने टिमलाई पुरस्कार वितरण गरिएको छ । बैठक शनिबार सम्म सञ्चालन हुनेछ । लियो सुदाम लामिछानेको अध्यक्षतामा सुरु भएको कार्यक्रम संचालन मनिष अर्यालले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार