रुममा बृहत निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने

  म्याग्दी न्युज संवाददाता

दरबाङ । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर २ रुममा बृहत निशुल्क स्वास्थ्य शिविर संचालन हुुने भएको छ । गाउँपालिकाको वडा नम्बर ६ स्थित दरबाङमा सञ्चालित दरबाङ्ग पोलिक्लिनिक एण्ड प्याथ ल्याब प्रालिको आयोजना , वडा नम्बर २ र रुम स्वास्थ्य चौकीको सहयोग तथा समन्वयमा यही माघ ७ गते शनिबार बृहत निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको हो ।

सञ्चालक सरोज घर्ती मगरका अनुसार ,उक्त निशुल्क शिविरमा पेट,कलेजो,मृगौला,छाती, मुटु, प्रेसर,सुगर तथा थाइराइड रोग विशेषज्ञद्वारा बिरामी जाँच ( कन्सलटेन्ट फिजिसियन), इ.सि.जि सेवा, भिडियो एक्सरे,ब्लड सुगर, ब्लड ग्रुपिङ्ग , निशुल्क औषधि वितरण ,तथा अन्य जनरल चेकअप हुने आयोजकले जनाएको छ ।

दुर्गम बस्तीका बासीन्दालाई स्वास्थ्य सेवा प्रदान गर्ने उद्धेश्ले स्वास्थ्य शिविरको आयोजना गरिएको दरबाङ्ग पोलिक्लिनिक एण्ड प्याथ ल्याब प्रालिका अर्का सञ्चालक अभिषेक जिसीले बताउनुभयो । वडा अध्यक्ष उदयकुमार बुढाथोकीले शिविरमा सहभागी भई स्वास्थ्य सेवा लिन वडाबासीलाई अनुरोध गर्नुभएको छ । दरबाङ्ग पोलिक्लिनिक एण्ड प्याथ ल्याब प्रालिले २४ सै घण्टा विशेषज्ञ चिकित्सकसहित स्वास्थ्योपचार सेवा दिंदै आएको छ । यसैगरी दरबाङ्ग पोलिक्लिनिक एण्ड प्याथ ल्याब प्रालिमा दन्त विभाग समेत सञ्चालन गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार