ढुङ्गा खानीलाई बैद्यानिक बनाउन पहल भइरहेको छ : मन्त्री जुग्जाली

  धनिलाल गर्बुजा

म्याग्दी । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशमबहादुर जुग्जालीले म्याग्दी लगायत प्रदेशका विभिन्न जिल्लामा रहेका (स्लेट)ढुङ्गा खानीहरुलाई बैधानिक बनाउन प्रक्रिया थालिएको बताएका छन् । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको कार्यालयमा स्वागत तथा भेटघाट कार्यक्रममा मन्त्री जुग्जालीले अवैध यस्तो बताएका हुन् । उनले ढुङ्गा खानीलाई बैधानिक बनाउन प्राथमिकता दिएको बताए ।

उनले म्याग्दीको मालिका गाउँपालिका–१ र २ लगायत गण्डकी प्रदेशका विभिन्न जिल्लामा रहेका ढुङ्गा खानीहरुलाई बैधानिक नबनाउँदा राज्यले ठुलो राजश्व गुमाएको बताए । ढुङ्गा (स्लेट) र तामा लगायतको खानी उत्खनन्लाई बैद्यानिक बनाउन सकेमा तीनै तहको सरकारले लाभ लिने समेत उनको भनाइ छ ।

‘मालिका गाउँपालिकाको वडा नम्बर १ र २ मा अवैध रुपमा ढुङ्गा खानी संचालन हुँदा मजदुरहरुले कानुनी झन्झट व्यहोर्नुपरेको छ । भने राज्यले ठुलो राजश्व पनि गुमाएको छ ,’ उनले भने । उनले खानी उत्खनन्लाई बैधानिक बनाउनका लागि मन्त्रालयका सचिव र सबै जिल्लाका वन कार्यालय प्रमुखहरुसंग छलफल भइरहेको जानकारी गराए । खानी उत्खनन्बाट स्थानीयलाई रोजगारी र राज्यलाई आम्दानीको मूख्य स्रोत भएको कारण सबैले यसलाई सहजीकरण र सुझाव दिन मन्त्री जुग्जालीले आग्रह गरे ।

‘खानीसंगै पर्यटन पुर्वाधार निर्माण गर्नु प्रदेश सरकारको मुख्य काम रहेको छ । यसबर्ष विगतदेखि संचालन गर्दै विकास योजनालाई पुर्णता दिने किसिमले बजेट विनियोजन भएको छ। म्याग्दीका करिव दुईदर्जन विकास योजनाहरु अलपत्र छन् । यी योजनाहरुलाई पुर्णता दिन बजेट ब्यवस्थापन र निर्माण ब्यवसायीलाई ताकेता गरिरहेका छौं ,’ उनले थपे ।

योजनाहरुमा निर्माण ब्यवसायीलाई काम गर्ने वातावरण निर्माण गर्ने काममा सहजीकरण गर्न पत्रकारलाई पनि आग्रह गरे । जिल्लाभित्र मुख्य सडक, स्वास्थ्यका भवन, शिक्षा लगायतको पुर्वाधारलाई पुर्णता दिने किसिमले जिल्लाका राजनीतिक दल, पुर्व जनप्रतिनिधि र वर्तमान जनप्रतिनिधिहरुविच समन्वय र सहकार्य गरेर काम गर्ने प्रतिवद्धता जनाए ।

त्यस्तै धवलागिरी गाउँपालिका– १,गुर्जाका वडाअध्यक्ष झबहादुर छन्त्यालले हिमाली जिल्ला म्याग्दीको पर्यटन विकास गर्नका लागि दुर्गमबस्ती गुर्जा, मल्कवाङ, कुईनमंगलेलाई प्राथमिकता राखेर पुर्वाधार निर्माण गर्नुपर्ने जोड दिए ।उनले जिल्लाको दिगो पर्यटन विकास लागि पोखरा, बेनी कर्णाली प्रदेशको डोल्पा जिल्लासंग जोडिने छोटो दुरीको ‘हिमाली कोरिडोर’लाई अघि बढाउन मन्त्रीलाई आग्रह गरे ।
म्याग्दी शाखाका अध्यक्ष प्रकाश पौडेलको अध्यक्षतामा भएको कार्यक्रमा शाखाका संस्थापक अध्यक्ष घनश्याम खड्काले जिल्लाबाहिर बढ्दो बसाईसराई रोक्न, जिल्लाभित्रनै लगानी गर्ने वातावरण तयार गर्ने विकास योजना र पुर्वाधार निर्माण जोड दिन आग्रह गरे । उनले पछिल्लो समय म्याग्दीको आम्दानी बाहिरी जिल्लामा लगानी भएको बताए । बाहिरी जिल्ला बसाईसराई रोक्ने किसिमले शिक्षा, स्वास्थ्य, सडक, पर्यटन लगायतको पुर्वाधार निर्माणमा ध्यान दिन आग्रह गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार