मल्कबाङमा उद्घोषण तथा नेतृत्व क्षमता विकास सम्बन्धी तालिम सुरु

  म्याग्दी न्युज संवाददाता

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–५,मल्कबाङमा उद्घोषण तथा नेतृत्व क्षमता विकास सम्बन्धी तालिम सुरु भएको छ । वडा कार्यालयको आयोजनामा आइतबारदेखि मल्कबाङमा जनप्रतिनिधि ,कर्मचारी र बुद्धिजिवीहरुका लागि तीन दिने तालिम सुरु भएको हो ।

तालिममा २५ जना प्रशिक्षार्थी सहभागी छन् । कार्यक्रममा वडा अध्यक्ष अमर छन्त्यालले निरन्तरको अभ्यासले नै हरेक मानिस कुनै पनि क्षेत्रमा दक्ष हुने भन्दै आगमी दिनमा पनि निरन्तर अभ्यास गरिरहन आग्रह गर्नुभयो।

तालिममा प्रशिक्षक अजयमिलन श्रेष्ठ र गाउँपालिका लेखापाल तिलक शङ्कर पौडेलले उद्घोषण तथा नेतृत्व क्षमता विकास सम्बन्धी प्रशिक्षण दिनुभएको छ । वडा सचिव बेदनाथ सुवेदीले संचालन गर्नुभएको उद्घाटन कार्यक्रममा भेटेरिनरीकी नाप्रस सेरु बुढाथोकीले स्वागत मन्तव्य राख्नुभएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार