मोना अन्तर्राष्ट्रिय कार्यसमितिद्धारा कार्यालय प्रमुख सुबेदीलाई सम्मान

  म्याग्दी न्युज संवाददाता

बेनी । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यसमितिले कार्यालय प्रमुख स्तुती सुबेदीलाई सम्मान गरिएको छ । मंगलबार मोना आईइसीको सचिवालयमा आयोजित कार्यक्रममा करिब ५ बर्ष कार्यरत सुबेदीलाई सम्मानपत्र दोसल्ला ओडाएर सम्मान गरेको थियो ।

मोनाको सचिवालयमा कार्यरत हुदाँ सुबेदीले सम्रग मोनाको हितमा पुर्याएको योगदानका साथै मोनाको प्रतिष्ठालाई उच्च बनाएकोमा सम्मान गरिएको मोना आइइसीका सचिव सुबोध बरुवालले बताउनुभयो ।

सम्मान कार्यक्रममा भर्चुवलबाट बोल्दै मोनाका अध्यक्ष अम्मर छन्त्याल, महासचिव हरि राम्जाली, मोना आइसी सदस्य मोना मलेसियाका पूर्ण रोका, नवनियुक्त कार्यालय सचिव स्मृति सुबेदी लगायतको उपस्थिती रहेको थियो । भुर्चुवल सञ्चालन सचिव सुनेश केसी, सचिवालयमा मोना यूएईका अध्यक्ष सुवास राम्जालीले गर्नुभएको थियो ।

सम्मानित कार्यक्रममा बोल्दै सुबेदीले यो सम्मान गरेसँगै अझै जिम्मेवार बनाएको बताउनुभयो । मोनाका अध्यक्ष छन्त्यालले संस्थागत योगदानलाई उर्जा, हौसला र प्रोत्साहन गर्न गरिएको यस्ता कार्यक्रमले आगामी दिनमा समेत निरन्तरता दिने बताउनुभयो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार