लागू औषध सहित २ जना पक्राउ

  म्याग्दी न्युज संवाददाता

बेनी । म्याग्दीमा पछिल्लो समय सबै भन्दा बढी लागू औषध सहित दुई जना पक्राउ परेका छन् । म्याग्दीका प्रहरी नायव उपरीक्षक मदन कुँवरका अनुसार ,जिल्ला प्रहरी कार्यालयले बुधबार साँझ बेनी नगरपालिका–८, कालीपुलबाट लागू औषध सहित दुई जनालाई पक्राउ गरेको छ । औषध सहित बेनीबाट बुधबार राती पक्राउ परेका रघुगंगा गाउँपालिका–७, का २८ वर्षीया सोबिता बागदास र बेनपा–९ घतान का ३२ वर्षीय प्रेम सार्कीलाई जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको छ ।

पर्वतको जलजला गाउँपालिका–३ ,मा बस्दै आएका उनिहरुको साथबाट २०० एम्पुल डाईजोपाम, २०१ एम्पुल फेनेरागन र २०० एम्पुल नुर्फिन बरामद भएको प्रनाउ कुँवरले जनकारी दिए । प्रहरीले पछिल्लो तीन वर्षयता उनिहरुबाट ठूलो परिणाममा लागू औषध बरामद गरेको हो । उनिहरुलाई जिल्ला अदालतबाट अनुसन्धानका लागि १० दिनको म्याद थप गरेर हिरासतमा राखिएको छ ।

उनिहरुले भारतको सिमानाबाट लागू पदार्थ ल्याएर म्याग्दीको विभिन्न ठाउँमा बिक्री गर्ने गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । पछिल्लो १५ दिनमा बेनीमा बागदास र सार्की सहित चार जनालाई प्रहरीले लागू औषध सहित पक्राउ गरेको जनाएको छ । यसअघि फागुन ११ गते जलजला गाउँपालिका–३ मल्लाचोकबाट रुपन्देहीको सोमरीमाई गाउँपालिका–३ का १९ वर्षीया मुस्ताफा खानलाई ३१९ ट्याबलेट नाइट्राभेट लागू औषध सहित पक्राउ गरेको थियो ।

फागुन १६ गते बेनी नगरपालिका ८ कालीपुलबाट भारतको बगनग्राम माल्हादा पश्चिम घर भई हाल पोखरा बस्ने २८ वर्षीय अलेमुन हकलाई ६।५ ग्राम खैरो हिरोइन सहित पक्राउे प्रनाउ कुँवरले बताए । म्याग्दी जिल्ला अदालतले कर्तब्य ज्यान मुद्दामा १७ वर्ष ४ महिना १ दिन कैद सजायको फैसला गरेकी २३ वषीया महिला, जवरजस्ती करणी मुद्दामा १ वर्ष कैद भुक्तान गर्न बाँकी रहेका ६८ वर्षका पुरुष र लागु औषध मुद्दामा ४ दिन कैद भुक्तान गर्न बाँकी रहेका १ जना पुरुषलाई पक्राउ गरिएको छ ।

आर्थिक वर्ष २०७८÷७९ मा लागू औषधका दुई वटा मुद्दामा ४ जना, २०७७÷७८ मा ६ वटा मुद्दामा ७ जना र २०७६÷७७ मा ९ वटा मुद्दामा ११ जना पक्राउ परेका थिए । २०७६÷७७ मा १०९ एम्पुल डाईजापाम, १०९ एम्पुल फेनेरागन, १११ एम्पुल नुर्फिन, ४ थान सिरिन्ज, १४२ ग्राम चरेश, ७ किलो ९५० ग्राम गाँजा बरामद गरेको प्रहरी जनाएको छ ।

२०७७÷७८ मा १५० एम्पुल डाईजेपाम, १४९ एम्पुल फेनारागन, १४८ एम्पुल नोर्फिन, ३२ केजी १७५ ग्राम गाँजा र नगद रु। १२ हजार ६० बरामद भएको थियो । २०७८÷७९ मा ७ एम्पुल डाईजेपाम, ८ एम्पुल फेनेरागन, ७ एम्पुल नुर्फिन र ५४८ ग्राम गाँजा बरामद भएको प्रहरीले दिएको तथ्याङ्कमा छ ।

प्रहरी निरीक्षक राजन ढकालका अनुसार प्रहरीले पछिल्लो १ महिनाको अवधिमा अदालतले विभिन्न मितिमा गरेको फैसलाबाट दोषी ठहर भएका २२ जना कसुरदारहरुलाई पक्राउ गरेको छ । उनिहरुलाई लागेको २५ वर्ष १ महिना २३ दिन कैद र १७ लाख ६६ हजार ३७५ रुपैयाँ जरिवाना असुल उपर गरेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार