मतदाता भेट्न अन्नपूर्णको पाउद्वार, शिख र घार पुगे सांसद गर्बुजा

  म्याग्दी न्युज संवाददाता

म्याग्दी । प्रतिनिधिसभाका सांसद खम बहादुर गर्बुजा ‘खम्बिर’ले शुक्रबार अन्नपूर्ण गाउँपालिकाको विभिन्न बस्तीमा पुगेर मतदातालाई भेटघाट गर्नुभएको छ । बस्तीमा पुगेर मतदातालाई धन्यवाद दिने तथा विकास निर्माण सहितका स्थानीयका आवश्यताका बारेमा सुझाव र योजना संकलन गर्ने गरी सांसद गर्बुजाले अन्नपूर्णको वडा नं ५ शिाख र ६ घारका मतदातालाई चुनावी प्रतिबद्धता कार्यान्वयन गर्ने बाचा गर्नुभएको छ।

शिख र घारमा आयोजित कार्यक्रममा सांसद गर्बुजाले आफ्नो कार्यकालमा मतदाताको विश्वासलाई टुट्न नदिई काम गर्ने अठोट गर्नुभएको थियो । ‘समुदायबाटै आएको योजनाहरुलाई सकेको गर्नेछु, नसक्ने आश्वासन दिनेछैन’ सांसद गर्बुजाले भन्नुभयो । भेटघाटको क्रममा सांसद गर्बुजाले सबै ठाउँमा एकैपटक पुग्न सम्भव नभएकाले प्रतिनिधिसभामा बैठक नभएको समयलाई वडास्तरमा आएर समुदायसँगको भेटघाटमा जुट्ने बताउनुभयो ।

सबै मतादातालाई भेट्ने, उहाँका गुनासा, समस्या सुन्ने र धन्यवाद दिने गरी बस्ती–बस्तीमा पुग्ने अभियानले योजनामा समुदायको आवश्यकता र प्राथमिकताको पहिचान हुने बताउनुभयो। सांसद गर्बुजा बुधबार मंगला गाँउपालिका वडा नं ५ अर्मनका विभिन्न बस्ती र बिहिबार बेनी नगरपालिका वडा नं ९ र १० का वडाहरुमा भेटघाट गर्नुभएको नेपाली कांग्रेस म्याग्दीका सचिव हिराबहादुर पुनले बताउनुभयो । उहाँका अनुसार अन्य वडाहरुमा समेत थप तालिका बनाएर अभियान सञ्चालन गरिने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार