म्याग्दीबाट १३ जना खेलाडी राष्ट्रियस्तरको प्रतियोगितामा छनोट

  म्याग्दी न्युज संवाददाता

म्याग्दी। पोखरामा सम्पन्न १३ औं गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा म्याग्दीबाट सहभागि भएर उत्कृष्ट खेल प्रर्दशन गर्ने १३ जना खेलाडीलाई राष्ट्रियस्तरको प्रतियोगितामा प्रदेशले छनोट गरेको छ।

बैशाख ११ र १२ गते पोखरामा सम्पन्न प्रतियोगितामा सहभागि खेलाडीले ६ स्वर्णसहित १२ पदक जितेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले जानकारी दिनुभयो ।जिल्ला खेलकुद विकास समितिका खेल प्रशिक्षक मिलन रोकाका अनु्सार छात्रा भलिवलमा दोस्रो भएको म्याग्दीबाट अनिशा रोका र छात्र भलिवलबाट पवन सुनार छनोट भएको जानकारी दिनुभयो । त्यस्तै, कवडीमा दिवान मगर, सुबम शाक्य, सरिता बुढा छनोट हुनुभएको छ।

त्यस्तै कराँते तर्फ स्वर्णपदक विजेता मार्सल गर्बुजा, प्रेरणा रोका, देलिबिया गर्बुजा र एथलेथिक्सबाट त्रिपल जम्पमा स्वर्ण जितेकी रिकजना माझी राष्ट्रिय खेलका लागि छनौट भएका छन् । त्यसैगरी तेक्वाण्डोतर्फ स्वर्णपदक जित्दै दिपेश पुर्जा, सज्जा पुन छनौट भएका छन् ।त्यसैगरी तेक्वान्डो रजत पदक विजेता रोसन श्रेष्ठ, उसुतर्फ समिप किसान प्रमिसा बानियाँ प्रदेशबाट राष्ट्रिय प्रतियोगितामा छनौट हुनुभएको तेक्वान्दो प्रशिक्षक कर्ण प्रधानले जानकारी दिनुभयो ।म्याग्दीका भलिवल प्रशिक्षक रोकाले राष्ट्रिय प्रतियोगिताका लागि गण्डकी प्रदेशको छात्रा भलिबलतर्फको मुख्य प्रशिक्षकको जिम्मेवारी प्राप्त गर्नुभएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार