जनप्रिय माविमा सम्पन्न निःशुल्क दन्त शिविरबाट एक सय ३३ जना लाभान्वित

  म्याग्दी न्युज संवाददाता

दरबाङ । म्याग्दीको मालिका गाउँपालिका–६,दरबाङ स्थित जनप्रिय माविमा सम्पन्न निशुल्क दन्त शिविरमा एक सय ३३ जना लाभान्वित भएका छन् । दरवाङ पोलिक्लिनिक एण्ड प्याथ ल्याव प्रा.लि.को प्राविधिक सहयोगमा शुक्रबार सम्पन्न शिविरमा विद्यालयमा ८ जना अभिभावक सहित विद्यालयका शिक्षक र अध्ययनरत विद्यार्थीहरुले सेवा लिएका हुन् । शिविरमा कक्षा १ देखि १० सम्मका विद्यार्थी ,शिक्षक र अभिभावकहरुले समेत दाँतको उपचार गराएका विद्यालयका प्रअ दिवाकर सुवेदीले जानकारी दिनुभयो ।

शिविरमा दन्तरोग विशेषज्ञ डा. चुडामणी सापकोटाले दाँतको समस्या भएका विरामीहरुको उपचार गर्नुका साथै आवश्यक परामर्श दिनुभएको थियो ।सोही अवसरमा पोलिक्लिनिक एण्ड ल्याव प्रा.लि.का संचालकद्धय सरोज घर्ती मगर र अभिशेक जिसीले आफूहरुले नाफामुखी भन्दा पनि सेवामुखी भएर पोलिक्लिनिक संचालन गरेको बताउँदै अव सामान्य उपचारका लागि पनि सदरमुकाम वा काठमाडौं, पोखरा जस्ता शहरमा जानु पर्ने समस्याको अन्त्य भएकोमा खुसी लागेको बताउनुभयो । शिविरमा ३ जना दन्तरोगीहरुको दाँत निकालिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार