डिभिजन वन कार्यालय म्याग्दी पुरस्कृत

  म्याग्दी न्युज संवाददाता

पोखरा । गण्डकी प्रदेश सरकार अन्तरगत म्याग्दीमा रहेका मध्य डिभिजन वन कार्यालय उत्कृष्ट कार्यालय घोषणा भएको छ ।१६ औं गणतन्त्र दिवसको अवसरमा सोमबार प्रदेश सरकारले पोखरामा आयोजना गरेको कार्यक्रममा उत्कृष्ट कर्मचारी, कार्यालय लगायत विभिन्न विधामा पुरस्कार वितरण गरेको हो । प्रदेश सरकार स्थापना दिवसको अवसरमा विभिन्न मापदण्डको आधारमा बेनीमा रहेको डिभिजन वन कार्यालयलाई प्रदेश सरकारले उत्कृष्ट कार्यालय घोषणा गरेको थियो ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले डिभिजन वन कार्यालय म्याग्दीका प्रमुख मनोज रानाभाटलाई प्रमाणपत्रको साथमा नगद रु। ३० हजार प्रदान गर्नुभएको थियो । नमूना कार्यालय छनोट कार्यविधि, २०७८ बमोजिम डिभिजन वन २०७९ सालको उत्कृष्ट नमूना कार्यालय बन्न सफल भएको हो । डिभिजन वन प्रमुख रानाभाटले कार्यालयको सम्पूर्ण टिमका कारण कार्यालय उत्कृष्ट बन्न सफल भएको बताउनुभयो । कार्यालयको पुरानो भवनलाई रंगरोगन, सरसफाई, घेराबार, पर्खालमा चित्र कोरिएको छ ।कर्मचारीको कार्यकक्ष विभाजन, सेवाग्राहीलाई सहजिकरण गरेर छिटो सेवा प्रवाह गराउने, योजना तथा कार्यक्रम कार्यान्वयन तथा समन्वयमा सक्रीयता लगायतको अभ्यास गरेका कारण डिभिवन वन कार्यालयले उत्कृष्ट कार्यालयको पुरस्कार पाएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार