गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा म्याग्दीका चिरञ्जिवी शर्मा

  म्याग्दी न्युज संवाददाता

म्याग्दी । गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा म्याग्दीका चिरञ्जीवी शर्मालाई नियुक्तीका लागि सिफारिस गरिएको छ । मंगलबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुख्य न्यायाधिवक्तामा शर्मालाई नियुक्तीका लागि प्रदेश प्रमुखको कार्यलयमा सिफारिस गर्नुभएको मुख्यमन्त्रीका प्रेस संयाेजक नरहरि सापकोटाले जानकारी दिनुभयो ।शर्माले विहिबार साँझ ४ बजे  सपथ ग्रहण गर्ने समय तालिका रहेकाे छ ।

जिल्लाको बेनी नगरपालिका–१०,पात्लेखेतमा जन्मनुभएका  शर्माले २०४८ सालदेखी वकालत गर्नुभएको हो ।जिल्ला वार एशोसिएशन म्याग्दीको ५ पटक अध्यक्ष हुनुभएका शर्मा लोकतान्त्रिक कानुन व्यवसायी संगठन (डिएलए) जिल्ला अध्यक्ष हुँदै केन्द्रीय महाधिवेशन प्रतिनिधि समेत बन्नुभयो । राजनिती शास्त्रमा एमए,कानुनमा बिएल र अंग्रेजीमा बिएड पास गर्नुभएका शर्मा कांग्रेस म्याग्दीका पुर्व जिल्ला सचिव समेत हुनुहुन्छ ।

नेपाली कांग्रेस म्याग्दीका सभापति तथा प्रतिनिधिसभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ले शर्मालाई मुख्य न्यायाधिवक्ता बनाउन जोडबल गर्नुभएको थियो। मुख्य न्यायाधिवक्ताको नियुक्ती मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखबाट हुने व्यवस्था छ ।संविधानको धारा १६०(५) मा मुख्य न्यायाधिवक्ता प्रदेश सरकारको मुख्य कानूनी सल्लाहकार हुने संवैधानिक व्यवस्था छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार