को–अप्रेरेटिभ म्यानेजर्स क्लवको अध्यक्षमा श्रेष्ठ

  म्याग्दी न्युज संवाददाता

बेनी । को–अप्रेरेटिभ म्यानेजर्स क्लव म्याग्दीको अध्यक्षमा न्यू धौलागिरी बचत तथा ऋण सहकारी संस्थाका बरिष्ठ ब्यवस्थापक बसन्त कुमार श्रेष्ठ चयन हुनुभएको छ । बेनीमा शनिबार भएको दोस्रो अधिवेशनबाट श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति चयन भएको हो ।कार्यसमितिको निवर्तमान अध्यक्षमा पश्चित नेपाल साकोशका प्रेमलाल कँडेल९सदन० रहनुभएको छ ।

क्लवको उपाध्यक्षमा लोकदीप सहकारीका नेत्रराज सुवेदी, सचिवमा संगिनी सहकारीका तेजकुमारी बानियाँ, कोषाध्यक्षमा दिदिबहिनी सहकारीका समिक्षा ढुंगाना चयन हुनुभएको छ ।सदस्यहरुमा रुप्से सहकारीका यामनारायण पाईजा, जागृति महिला सहकारीका जमुनादेवी पौडेल, सौगात सहकारीका लक्ष्मी शर्मा, युनिक सहकारीका डिल्लिराज पौडेल, गोर्खा भूतपूर्व सैनिकका शिव खड्का र विश्वमित्रका सरस्वती बानियाँ रहनुभएको छ। म्याग्दीमा संचालित सहकारी संस्थाका प्रबन्धहरुले यस संस्थाको स्थापना गरेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार