पत्रकार खड्कालाई मातृशोक

  म्याग्दी न्युज संवाददाता

म्याग्दी । पत्रकार  घनश्याम खड्कालाई मातृशोक परेको छ ।  महासंघ म्याग्दीका संस्थापक अध्यक्ष समेत रहनुभएका खड्काकी ७२ वर्षीया आमा गुमा खड्काको शुक्रबार उपचारको क्रममा बेनी अस्तालमा निधन भएको हो ।

गुमा जेठ ३० गते अन्नपूर्ण गाउँपालिका– ६, घारस्थित घरको आँगनमा लडेर गम्भीर घाईते हुनुभएको थियो । पोखरामा उपचार हुन नसकेपछि बिहीबार उहाँलाई फिर्ता गरेको थियो ।

बेनी अस्पतालमा उपचारको क्रममा शुक्रबार विहान निघन भएको थियो । २ छोरा र ४ छोरीको आमा रहनुभएकी खड्काको जन्म २००८ असार १७ गते भएको थियो । कान्तिपुर दैनिक र पुनहिल डटकममा आवद्ध पत्रकार खड्कालाई परेको मातृशोकमा नेपाल पत्रकार महासंघ म्याग्दीले दुख ब्यक्त गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार