नेकपा म्याग्दीको सेक्रेटरीमा राम सी चयन

  म्याग्दी न्युज संवाददाता

बेनी। नेत्रबिक्रम चन्द् (विप्लप) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) म्याग्दीको सेक्रेटरीमा राम सी (राम रुचाल) चयन हुनुभएको छ ।नेकपाको धौलागिरि ब्युरोको मंगलबार बसेको बैठकले बेनी नगरपालिका–३ ,भकिम्लीका रामलाई म्याग्दी जिल्ला कमिटिको सेक्रेटरी चयन गरेको हो । राम सीले आफुलाई पार्टीले दिएको जिम्मेवारी पुरा गर्ने बहन गर्ने बताउनुभयो ।

वि.सं २०५७ देखि कम्युनिष्ट आन्दोलनमा सक्रीय राम सीले यसअघि नेकपाको जिल्ला कमिटिको सचिवालय सदस्य, बेनी नगर कमिटिको इन्चार्ज, श्रमिक समुदायको केन्द्रीय सदस्य र ब्युरो संयोजकको जिम्मेवारी पुरा गर्नुभएको छ । २०५७ सालदेखि कम्युनिस्ट आन्दोलनमा सक्रिय राम सी नेकपाको पूर्णकालीन कार्यकर्ताको रुपमा लामो समय देखि काम गर्दै आउनुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार