अन्नपूर्ण गाउँपालिकाद्धारा किर्तिपुर मेयर कप विजेता खेलाडीलाई नगद सहित सम्मान (तस्बिरहरू)

  म्याग्दी न्युज संवाददाता

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले राष्ट्रव्यापी अन्तर स्थानीय तह (यू १८) मेयेर कप पुरुष बास्केटबल प्रतियोगितामा अन्नपूर्ण गाउँपालिकाबाट सहभागी भई विजयी बन्न सफल खेलाडिहरुलाई सम्मान गरेको छ ।किर्तिपुर नगरपालिकाको आयोजनामा असार २ गतेदेखि ९ गते सम्म काठमाडौँमा संचालन भएको पुरुष बास्केटबल प्रतियोगितामा प्रथम स्थान हाँसिल गरि म्याग्दी फर्किएको अन्नपूर्ण गाउँपालिकाबाट सहभागी खेलाडिहरुलाई मंगलबार बेनीमा एक कार्यक्रमको आयोजना गरि दोसल्ला र सम्मान पत्रले सम्मान एवम् बधाई ज्ञापन गरिएको हो ।

????????????????????????????????????

गाउँपालिका अध्यक्ष भारत कुमार पुन, बेनी नगरपालिकाका प्रमुख सुरत केसी, गाउँपालिका उपाध्यक्ष दिवा कुमारी पुन, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी लगायतले विजयी खलाडीहरुलाई सम्मान गर्नुभएको थियो ।कार्यक्रममा विजयी खेलाडिहरुलाई गाउँपालिकाको तर्फबाट नगद १ लाख ५ हजार रुपैयाँ पुरस्कार स्वरुप प्रदान गरिएको प्रमुख प्रशासकिय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो ।

????????????????????????????????????

सम्मानित हुने खेलाडिहरुमा रनिक गर्वुजा, अर्जुन सुनार, नुकेश जुग्जाली, केमन सेन्चुरी, राजेन्द्र गर्वुजा, मनिष तिलिजा पुन, निश्चल फगामी, हेमन परियार, सुजन परियार, राजु परियार, सुदिप बरुवाल र जोन तिलिजा रहेका छन । त्यस्तै टिम प्रशिक्षक सुमन तिलिजा पुन, टिम व्यवस्थापक बिसन राना पुन र एस।ई प्रोडक्सनका पत्रकार गणेश बहादुर गुरुङ९ सुरेन० लाई पनि सम्मान गरिएको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताउनुभयो ।

????????????????????????????????????

कार्यक्रममा अन्नपूर्ण गाउँपालिका निवासी समाजसेवी खड्ग गिरीले खेलाडिको हौसलाका लागि नगद रु १० हजार सहयोग प्रदान गर्नुभएको थियो भने होटल शिखरका संचालक, अन्नपूर्ण गाउँपालिका वडा नम्वर ६ का पूर्व वडा अध्यक्ष कृष्ण प्रसाद बरुवालले उहाँकै होटलमा आयोजित कार्यक्रमको सम्पूर्ण खर्च व्यहोर्ने घोषणा गर्नुभएको थियो ।

????????????????????????????????????

कार्यक्रममा बेनी नगरपालिका प्रमुख सुरत केसीले खेलाडिहरुलाई बधाई ज्ञापन गर्दै अनुशासन, खेल भावना र खेल प्रतिको झुकाव र मायाले खेलाडिहरले सफलता प्राप्त गर्न सक्ने विचार व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “खेल खेलेरै देशमा जीवन यापन गर्न सकिने अवस्था सृजना बनाउन सरकारले खेल नीति अवलम्वन गर्नुपर्छ, स्थानीय सरकारको तर्फबाट खेलकुद विकासका लागि हाम्रो प्रयत्न त जारी नै छ ।’’

????????????????????????????????????

अन्नपूर्ण गाउँपालिका अध्यक्ष पुनले अन्तर स्थानीय तह स्तरीय बास्केटबल खेलमा भएको यो जित अन्नपूर्ण गाउँपालिकाको मात्रै नभएर सिंगो म्याग्दी जिल्लाकै भएको बताउनुभयो । मोफसलमा अभावमा खेलेका खेलाडिहरुले राष्ट्रिय स्तरको प्रतियोगितामा उपाधि चुम्नु सामान्य कुरा नभएको भन्दै अध्यक्ष पुनले खेलकुद र खेलाडिको विकासका लागि पालिकाले सधै सहयोग गर्न तयार रहेको बताउनुभयो ।

????????????????????????????????????

कार्यक्रममा जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष दिनेश केसी, टिम व्यवस्थापक विसन राना, समाजसेवी खड्ग गिरी, वडा नम्वर ६ का पूर्व अध्यक्ष कृष्ण प्रसाद बरुवालले मन्तव्य व्यक्त गर्दै खेलाडिहरुलाई बधाई ज्ञापन गर्नुभएको थियो । कार्यक्रम गाउँपालिका अध्यक्ष पुनको अध्यक्षता, उपाध्यक्ष दिवा पुनको स्वागत र प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीको संचालनमा सम्पन्न भएको थियो ।

????????????????????????????????????
????????????????????????????????????
????????????????????????????????????
????????????????????????????????????
????????????????????????????????????
????????????????????????????????????
????????????????????????????????????
????????????????????????????????????
????????????????????????????????????
????????????????????????????????????
????????????????????????????????????
????????????????????????????????????

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार