नेपाली कांग्रेस म्याग्दीको जिल्ला सदस्यमा तीन जना मनोनित

  म्याग्दी न्युज संवाददाता

बेनी । नेपाली कांग्रेस जिल्ला कार्यसमिति म्याग्दीमा तीन जना सदस्य मनोनित भएका छन् । सदस्यहरूमा शोहन श्रेष्ठ (विस्वास) लालबहादुर थापा र रुक बहादुर गर्बुजालाई जिल्ला सदस्यमा मनोनित गरीएकाे जिल्ला सचिव भरत बहादुर रकालले जानकारी दिनुभयो ।

उहाँका अनुसार पार्टी सभापती सांसद खम बहादुर गर्बुजा ‘खम्बीर’ले आइतबार बेनीको पार्टीको कार्यालयमा बसेको पूर्ण बैठकमा तीन जना सदस्य मनोनित हुनेको नाम प्रस्ताव गर्नुभएको थियो । सो प्रस्ता बैठकले अनुमोदन गरेको हो ।साथै बर्षायाम सुरु भए संगै जिल्लामा हुने विपद्मा सबैलाई सर्तन हुन आग्रह गरेको छ । यस अघिबाटै सुरु गरेको विपद्मा नेपाली कांग्रेस अभियानलाई यस पटक पनि निरन्तर दिने निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार