तोरीपानीमा बाढी पहिरोले धान र मकैबालीमा क्षती

  म्याग्दी न्युज संवाददाता

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९, स्थित तोरीपानीको अल्वाङमा वनबाट आएको पहिरोलेले धान तथा मकै बालीमा क्षति पुर्‍याएको छ । पहिरोले वस्ती समेत जोखिममा परेको छ ।

स्थानीय बावुराम चोखालका अनुसार, तोरीपानी र ओखलेवीचको धानखेतदेखि माथि जंगलबाट पहिरो झरेको हो । पहिरोसंगै आएको बाढीले अल्वाङ फाँटमा दर्जनबढी स्थानीय वासीको धान खेत तथा मकैबारी पुरेको छ ।

बर्षात भइरहेकोले क्षति न्यूनिकरण गर्नका लागि स्काभेटर प्रयोग गरेर बाढीलाई पुरानो खोल्सामा फाल्ने काम गरिएको वडाअध्यक्ष चक्र केसीले बताउनुभयो । उहाँले थप बाढी आएमा बस्तीलाई समेत असर गर्ने देखिएको बताउनुभयो । बाढीको जोखिममा रहेका घरहरुमा बस्नेलाई सुरक्षित स्थानमा बस्नका लागि आग्रह गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार