देविस्थानको लेकमा दुई घरमा आगजनी

  म्याग्दी न्युज संवाददाता

बेनी । म्याग्दीको मालिका गाउँपालिका–५, मगरदाङको टिढुङ्ङे, लेकमा एक समुहले दुई घरमा आगजनी गरेका छन् । बिहिबार राती चारजना यूवाले घर आसपासमा धुम्रपान गरीघरमा आगो लगाएपछि कच्ची घर जलेर नष्ट भएको हेमकुमार फगामीले बताउनुभयो । उहाँका अनुसार ,घर पुर्ण रुपमा जलेर नष्ट भएको छ ।

इलाका प्रहरी कार्यालय दरबाङका प्रहरी नायव निरिक्षक क्षेत्रबहादुर बरुवालका अनुसार घरमा आगजनी गरेको आरोपमा शुक्रबार साँझ स्थानीय दुई युवालाई पक्राउ गरिएको छ । उक्त घरमा आफुहरुले चुरोट र गाँजा खाएपनि नियतवश आगजनी नगरेको उनिहरुले बयान दिएका छन् । चुरोट खाएर फाल्दा सल्किएर आगलागी भएको हुन सक्ने प्रहरीको प्रारम्भीक अनुसन्धानबाट देखिएको छ ।

लेकमा रहेको घरमा घाँसदाउरा र चरन क्षेत्रमा पशुचौपाया लैजाने बेलामा बस्ने गरिएको थियो । बुधबार राति भएकाे आगजनीबाट घरभित्र रहेका सम्पूर्ण सामान, गोठमा रहेको घाँस जलेर नष्ट भएको छ । करिब २५ देखि ३० लाख बराबरको क्षती भएको घरधनी हेमकुमारले बताउनुभयो। इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले नियन्त्रणमा लिएका दुई जना २० बर्ष मुनीका भएकाले विद्यालयबाट जन्मदर्ता खोजेर थप कानुनी प्रक्रिया अगाडी बढाउने बताइएको छ भने फरार दुई जनालाई खोजी गरी अभिभावकको जिम्मा लगाउने तयारी भइरहेको छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार