बरंजाको घाम्ताङमा पहिरोले एक घर पुरियो

  म्याग्दी न्युज संवाददाता

म्याग्दी । जिल्लाको मंगला गाउँपालिका वडा नम्बर ३ स्थित घाम्ताङ्गमा पहिरोले एक घर पुरिएको छ । भारी वर्षा सँगै घर माथिबाट मंगलबार राति खसेको पहिरोले स्थानीय शेरबहादुर परियार(दर्जी)को घर पुरिएको हो । पहिरोले परियारको दुई तले घरमा पुर्ण क्षती पु¥याएको छ । मानवीय क्षती नभएपनि गोठमा रहेका एक भैसी ,राँगो ,दुई गोरु,बाख्रा लगायत पशुचौपाया समेत मरेका स्थानीय दर्पण रोकाले जानकारी दिनुभयो । उहाँका अनुसार ,पहिरोले अन्य घर पनि जोखिममा परेका छन् ।

पहिरो खस्न थालेपछि परियार सहित परिवार घरबाट निस्किएर सुरक्षित गन्तब्यमा लागेकाले मानवीय क्षती भएको छैन् । विस्थापित परियारको परिवार छिमेकमा सरण लिएर बस्नुभएको छ । पारिवारिक आर्थिक अवस्था कमजोर परियारको परिवारले तत्काल राहत र पुर्नवास व्यवस्थापन गरिदिन सबैलाई आग्रह गर्नुभयो । तत्काल सोमबार रातिदेखि परेको भारी बर्षाका कारण जिल्लाको मुख्य सडकहरु अवरुद्ध हुँदा जनजिवन प्रभावित भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार