प्रथम मोना कप उपाधिका लागि पुरुषतर्फ बेनी र मंगला गाउँपालिका तथा महिलातर्फ अन्नपुर्ण र मालिका गाउँपालिका भिड्दै

  म्याग्दी न्युज संवाददाता

बेनी । म्याग्दी सदरमुकाम बेनीमा जारी सार्वधिक पुरस्कार राशिको प्रथम मोना कप भलिबल प्रतियोगिताको पुरुषतर्फ बेनी नगरपालिका र मंगला गाउँपालिका फाइनलमा प्रवेश गरेका छन् । खुल्लामञ्चमा बुधबार भएको सेमिफाइनल खेलमा रघुगंगा गाउँपालिकालाई पराजित गर्दै मंगला फाइनल प्रवेश गरेको हो । भने विहिबार सम्पन्न अर्को सेमिफाइनल खेलमा मालिका गाउँपालिकालाई हराउँदै बेनी नगरपालिका फाइनल प्रवेश गरेको हो ।

मालिका गाउँपालिकाले रघुगंगालाई र अन्नपूर्ण गाउँपालिकाले धवलागिरी गाउँपालिकालाई पराजित गर्दै फाइनलमा प्रवेश गरेका हुन् । पुरुष र महिलातर्फ दुवै फाइनल खेल आजै सम्पन्न हुने आयोजकले जनाएको छ । मोना अन्तर्राष्ट्रिय कार्यकारी समितिको महाधिवेशनको अवसरमा आयोजिता पालिकास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुने पालिकालाई क्रमश १ लाख ५० हजार, ७५ हजार, ५० हजार र सान्त्वना पुरस्कार २० हजार रुपैयासहित ट्रफि, मेडल र प्रमाणपत्रले पुरस्कृत गरिने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार