बेनी नगरपालिका फुटबल संघ गठन ,अध्यक्षमा चोखाल

  म्याग्दी न्युज संवाददाता

बेनी । म्याग्दीको बेनी नगरपालिकामा फुटबल संघ गठन गरिएको छ । साेमबार नगरपालिकाको सभाहलमा सम्पन्न भएको बेलाबाट जिल्ला फुटबल संघ अन्तर्गत देबेन्द्र चोखालको अध्यक्षतामा बेनी नगरपालिका फुटबल संघ गठन गरिएको हो । संघको कार्यसमिति उपाध्यक्षमा अञ्जन पुन मगर ,सचिवमा उपेन्द्र गिरी ,कोषाध्यक्षमा निलम थजाली चयन भएका जिल्ला फुटबल संघका अध्यक्ष कुमार बानियाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार ,कार्यसमिति सदस्यहरुमा अरुणा पुन ,सिन्दु शेरपुञ्जा ,कमल घर्ती ,अनिल रिजाल ,सोनाम लामा,अभिशेषक पुन र समिर हमाल रहनुभएको छ । जिल्लाका सबै सबै स्थानीय तहमा फुटबल संघ गठन गर्ने जानकारी गराउँदै अध्यक्ष बानियाँले अब छिट्टै मालिका र मंगला गाउँपालिकामा संघ गठन गर्ने बताउनुभयो । भेलामा अध्यक्ष बानियाँ सहित नगर प्रमुख सुरत केसी,प्रवक्ता तथा वडा नम्बर ७ का वडा अध्यक्ष रमेशकुमार श्रेष्ठ,कार्यपालिका सदस्य कृष्णकुमार बिक, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी लगायतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार