बाँदुकमा एक लाख भन्दा बढी पुरस्कार राशीको भलिबल र बास्केटबल प्रतियोगिता

  म्याग्दी न्युज संवाददाता

बाँदुक । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बाँदुकमा रु. एक लाख भन्दा बढी पुरस्कार राशीको भलिबल र बास्केटबल प्रतियोगिता शुरु भएको छ ।

बाँदुक भूमे युवा क्लवले वडा दशै पर्वको अवसरमा आयोजना गरेको प्रतियोगिता कात्तिक १६ गतेसम्म सञ्चालन हुनेछ् । बास्केटबल, पुरुष भलिबल, प्रौद्ध भलिबल, महिला भलिबल, बाल बास्केटबल र नृत्य प्रतियोगिता आयोजना गरिएको बादुक भूमे युवा क्लवका नगेन्द्र गर्बुजाले बताउनुभयो ।

२५ टिमले सहभागिता जनाएको बाल बास्केटबल प्रतियोगिताको खेल सञ्चालन भएको र अन्य खेलका लागि नाम दर्ता चलिरहेको उहाँले बताउनुभयो । बास्केटबल र पुरुष भलिबलमा प्रथम र दृतीयलाई ट्रफि, मेडल र प्रमाणपत्र सहित क्रमश : रु. एक लाख पन्ध्र हजार र सत्तरी हजार पुरस्कार प्रदान गरिने क्लवले जनाएको छ ।

प्रोढ भलिबलमा बिजेतालाई रु. सत्तरी हजार र उपबिजेतालाई रु. ४५ हजार, महिला भलिबल र बाल बास्केटबलमा बिजेतालाई रु. २५ हजार र ४० हजार पुरस्कार प्रदान गरिने बादुक भूमे युवा क्लवका लोकेन्द्र गर्बुजाले बताउनुभयो ।

नृत्य प्रतियोगितामा प्रथम, दृतीय, तृतीय र ३ जना सान्तवनालाई क्रमश रु. पन्ध्र हजार, दश हजार, पाँच हजार र एक एक हजार पुरस्कारको व्यवस्था गरिएको छ । वि.स. २०७६ मा स्थापना भएको क्लवले वडा दशैको अवसरमा खेलकुद प्रतियोगिता आयोजना गर्दै आएको छ ।

खेलकुद प्रतियोगिताको अवसरमा स्थानीय कालाकारहरुले मारुनी, पुरख्यौली, नौमती बाजा र नाच प्रस्तुत गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार