वडा अध्यक्षले शैक्षिक सामग्री वितरण गरेर जन्मदिन मनाए

  म्याग्दी न्युज संवाददाता

म्याग्दी । म्याग्दीका एक जना वडा अध्यक्षले जन्मदिनको अवसरमा शुक्रबार आफ्नो वडाका सबै विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गर्नुुभएको छ ।

म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–७ का हिस्तानका वडा अध्यक्ष मइलन पुर्जा पुनले व्यक्तिगत खर्चमा वडाका कक्षा १० सम्म अध्यक्ष गर्ने १९२ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गर्नुुभएको हो ।

औल, दोसल्ले र घराम्दीको आधारभूूत तथा टिकोट र रिमको माविका १५८ जना तथा छिमेकी गाउँ तिप्ल्याङको कालिका माविमा पढ्ने ३४ जना विद्यार्थीहरुलाई कापी र कलम वितरण गरेको वडा अध्यक्ष पुुनले बताउनुुभयो । ४६ जना शिक्षकहरुलाई रातो कलम वितरण गर्नुुभएको छ ।

“फजुुल खर्च गरेर जन्मदिन मनाउने परम्परा तोड्न सन्देश प्रवाह गर्ने उद्देश्यले व्यक्तिगत खर्चमा शैक्षिक सामग्री वितरण गरिएको हो,” उहाँले भन्नुुभयो “समुदायलाई विद्यालय र शिक्षासँग जोड्ने प्रयास गरेको छुु ।”

वडा कार्यालयको प्रस्तावमा शैक्षिक सुधारका लागि गत वर्ष शिवालय आधारभूूत विद्यालयलाई रु. एक लाख खर्च गरेको र यसपाली मण्डली आधारभूूत विद्यालयमा बाल उद्यान निर्माण भएको छ । आगामी बर्ष अन्य विद्यालयमा पनि कार्यक्रम गरिने वडा अध्यक्ष पुुर्जाले बताउनुुभयो ।

३० वर्षीय पुर्जा पुुन म्याग्दीको ४५ मध्य सबैभन्दा कम उमेरका वडा अध्यक्ष हुुुनुुुहुुन्छ । वि.स. २०७९ मा भएको स्थानीय तह निर्वाचनमा उहाँ नेकपा एमालेबाट उमेद्वार बन्नुुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार