लायन्स क्लब अफ बेनी लभ्लीहिलद्धारा अस्पतालका सुत्केरीलाई न्यानो झोला वितरण

  म्याग्दी न्युज संवाददाता

बेनी । लायन्स क्लब अफ बेनी लभ्लीहिलले सचिव निर्मल खत्रीकाे  जन्मदिनको अवसरमा बेनी स्थित बेनी अस्पतालका सुत्केरीहरुलाई न्यानो झोला वितरण गरेकाे छ । बुधबार परेको खत्रीकाे  जन्मदिनको अवसरमा अस्पतालका  सुत्केरीहरुलाई बीस हजार रुपैयाँ बराबरको बीस जनाको लागि न्यानो झोला वितरण  गरेकाे हाे ।  खत्री नेविसंघका केन्द्रिय सदस्य समेत हुनुहुन्छ ।

लाइन्स क्लबका अध्यक्ष नेत्रराज सुवेदी लगायतको टोलीले अस्पतालकी  मेडिकल सुपरीटेण्डेन्ट डा.अन्जु थापा मार्फत झोला उपलब्ध गराइएको हो । ‘ जाडोयाममा अस्पतालमा सुत्केरी हुन आउने आमा र शिशुको स्वास्थ्य अवस्थालाई मजबुद बनाउन सहयोग पुगोस् भनेर न्यानो झोला उपलब्ध गराइएकाे हाे  ,’  क्लब अध्यक्ष । उहाँले लायन्स क्लबमा आवद्ध सदस्यहरुको जन्मदिनमा क्लब मार्फत विभिन्न सामाजिक सेवाको काम गर्दै आएको  बताउनुभयो ।न्यानो झोला हस्तान्तरण कार्यक्रम क्लब अध्यक्ष नेत्र सुवेदीको अध्यक्षता, मेडिकल सुपरीटेण्डेन्ट डा. थापाको प्रमुख आतिथ्यता, क्लबका सदस्य डा. गोविन्द पोखरेलको स्वागत र क्लबका प्रथम उपाध्यक्ष सोहन श्रेष्ठको सन्चालनमा सम्पन्न भएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार