जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको तयारी पुरा

  म्याग्दी न्युज संवाददाता

बेनी । शुक्रबार पुस २० र २१ गते सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा हुने जिल्लास्तरीय नवौँ राष्ट्रपति राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता सुरू हुँदै छ ।जिल्ला खेलकुद विकास समिति म्याग्दीले विहिवार साँझ पत्रकार सम्मेलनगरी शुक्रबार र शनिबार संचालन हुने पालिकास्तरीय नवौँ राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताको तयारी पुरा भएको अध्यक्ष दिनेश केसीले जानकारी गराउनुभयो ।

प्रतियोगितामा मार्सल, एथलेटिक्स र भलिवलका तर्फ महिला र पुरूष गरी ३६ स्वर्णकालागी जिल्लाका ६ पालिकाबाट छनौट भै आएका विद्यार्थीले प्रतिस्पर्धा गर्दैछन । प्रतियोगता एथलेटिक्स तर्फका सवै खेल खुल्ला मञ्चमा, भलिवलका खेल म्याग्दी क्याम्पसमा र अन्य सवै खेल कालीपुल स्थित कभर्ड हल र कालीपुल बास्केटवल कोर्टमा संञ्चालन हुने प्रतियोगिताको मुल आयोजक जिल्ला खेलकुद विकास समितिका अध्यक्ष केसीले बताउनुभयो ।

प्रथम, द्वितिय र तृतिय हुने पालिकाले क्रमशस् २० हजार, १५ हजार र १० हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिने छ । यहाँ स्वर्ण जित्ने खेलाडीलाई नवलपुरमा हुने नवौँ प्रदेशस्तरीय राष्ट्रपति कपमा सहभागि गराईनेछ ।बेनी नगरपालिकासहित रघुगंगा, अन्नपूर्ण, मंगला, मालिका र धवलागिरीमा सम्पन्न भएको राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगितामा उत्कृष्ट खेल प्रर्दशन गर्ने खेलाडी यहाँ सहभागि हुनेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार