संगिनी सहकारीको अध्यक्षमा श्रेष्ठ

  म्याग्दी न्युज संवाददाता

बेनी । म्याग्दीको बेनी स्थित संगिनी वचत तथा ऋण सहकारीको अध्यक्षमा साधना श्रेष्ठ चयन हुनुभएको छ ।आज ९शनिबार० नेपाल भाषा मंका खलःको हलमा सम्पन्न ११ औं साधारण सभाले पुन नयाँ कार्यकालका लागी श्रेष्ठलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो। त्यसैगरी समितिको उपाध्यक्षमा गौरी थापा मगर, सचिवमा देवी जिसी, कोषाध्यक्ष सर्मिला श्रेष्ठ रहनुभएको छ ।

सदस्यहरुमा मेलिना पौडेल, बिमला पौडेल, याम कुमारी ढुंगाना, बिश्व कुमारी शेरचन, सुमितरा गैरे, मिना जिसी भण्डारी र सुनिता केसी रहनुभएको छ । साधारणसभाको जिल्ला समन्वय समितिकी उपप्रमुख दिल कुमारी खत्रीले उद्घाटन गर्दै महिलाहरुको आर्थिक स्तरमा विकास भयो भने मुलिक सम्वृद्धि हुनेकुरामा जोड दिनुभयो ।

त्यसैगरी शेयर सदस्य एवं सम्मानित व्यक्तिको तर्फबाट बिष्णु गुरुंगले मन्तब्य ब्यक्त गर्दै आफुले समयमा अध्ययन पुरागर्न नसकेपनि पछी अहिले आएर एसइइ उत्तीर्ण गर्न सकेको र यसरी सहकारीमा लागेर आर्थिक गतिविधिमा समेत संलग्नहुन पाउँदा गर्व लागेको बताउनुभयो । गुरुङ्गलाई ११ औं साधारण सभाको अवसरमा वर्ष २०७९ को क्भ्भ् परीक्षा उत्तीर्ण गर्नुभएकोमा संस्थाले नगद सहित सम्मान गरेको थियो २०७९ सालको क्भ्भ् परीक्षामा ३।९० जीपीए प्राप्त गरें दीक्षित जिसीलाई समेत संस्थाले नगद सहित सम्मान गरेको छ । संस्थाले उत्कृष्ट बचतकर्ता अमृता खत्री र अशल करोबारकर्ता तुलमाया पुनलाइ साधारण सभाको अवसरमा सम्मान गरिएको छ ।

वि.सं.२०६९ सालमा स्थापना भएको संगिनी बचत तथा ऋण सहकारी संस्था महिलाहरुद्वारा संचालित संस्स्था हो । हाल यस संस्थामा ५ सय २५ जना शेयर सदस्य र २ करोड ३९ लाख ३ सय शेयर पुँजी रहेको छ । आर्थिक वर्ष २०७९र८० मा संस्थाको बचत संकलन ३ करोड ७१ लाख ६४ हजार ४ सय र कर्जा लगानी ४ करोड ५४ लाख ३६ हजार ७ सय ५५ रहेको छ ।कार्यक्रम संस्थाकी अध्यक्ष साधना कुमारी श्रेष्ठको अध्यक्षता उपाध्यक्ष नविना रावलको स्वागत र सदस्य देवी जिसीको संचालनामा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार