बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्षमा रमेश गिरी

  म्याग्दी न्युज संवाददाता

बेनी । म्याग्दी सदरमुकाम बेनी स्थित  बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्षमा रमेश गिरी चयन हुनुभएको छ । आइतबार सम्पन्न संस्थाको २४ औं वार्षिक साधारणसभा तथा ११ औं अधिवेशनबाट गिरी अध्यक्ष पदमा सर्वसम्मत चयन हुनुभएको हो । उहाँ यसअघिको कार्यसमितिमा उपाध्यक्ष हुनुहुन्थ्यो । यसैगरी कार्यसमितिको उपाध्यक्षमा राजेन्द्रकुमार श्रेष्ठ ,सचिवमा केशव प्रसाद रेग्मी ,कोषाध्यक्षमा टंकबहादुर हमाल चयन हुनुभएको संस्थाका प्रवन्धक यामबहादुर बिकले जानकारी दिनुभयो ।

याे पनि‍‍‍‍‍‍ ‍‍‍‍‍‍‍…

म्याग्दीका दुई बृहत खानेपानी आयोजनाको काम छिट्टै अघि बढ्छ : सांसद गर्बुजा

उहाँका अनुसार,सदस्यहरुमा सिर्जना श्रेष्ठ ,मनोज पौडेल ,राधिका सापकोटा बलराम सुवेदी र गंगा कुमारी खत्री चयन हुनुभएको छ । प्रतिनिधिसभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ले साधारणसभा तथा अधिवेशनको उद्घाटन गर्नुभएको थियो । यस अघिको कार्यसमिति अध्यक्षमा माधवप्रसाद रेग्मी हुनुहुन्थ्यो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार