एमाले मंगला गाउँपालिकाका अध्यक्षमा याम थापा

  म्याग्दी न्युज संवाददाता

बाबियाचौर । नेकपा एमाले मंगला गाउँपालिका कमिटिको अध्यक्षमा थाम थापा चयन हुनुभएको छ । साेमबार गाउँपालिकाको केन्द्र बाबियाचौरमा सम्पन्न दोस्रो अधिवेशनबाट थापाको अध्यक्षतामा ३१ सदस्यीय कमिटि चयन गरेको हो ।कमिटिको उपाध्यक्षमा चिरञ्जिवी आचार्य, सचिवमा चक्रलाल पाण्डे (राजु), उपसचिवमा एकजित रोका र सरस्वती उपाध्याय रहनु भएको छ ।अध्यक्ष थापाले पार्टीको कार्यक्रम र पार्टीले गरेका कामको बारेमा जनता माझ पु¥याउँदै पार्टी संगठनलाई थप बलियो बनाउने प्रतिबद्धता जनाउनुभयो । अधिवेशनको नेकपा एमालेका केन्द्रिय सदस्य तथा पुर्व मन्त्री नरदेवी पुनले उद्घाटन गर्नुभएको थियो ।

नेता पुनले आफू मन्त्री हुँदा जिल्लाको विकासमा धेरै काम गरेपनि प्रचार नभएको गुनासो गर्नुभयो । कार्यक्रममा नेकपा एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदी लगायत नेताहरुले संगठन सुदृढीकरणमा जोड दिनुभयो । अधिवेशन अघि बाबियाचौरमा एमालेका नेता कार्यकर्ताहरुले ¥याली गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार