नेकपा एमाले बेनी नगरपालिका अध्यक्षमा कटुवाल

  म्याग्दी न्युज संवाददाता

बेनी ।नेकपा एमाले बेनी नगरपालिका कमिटीको अध्यक्षमा बेलबहादुर कटुवाल चयन हुनुभएको छ । म्याग्दी सदरमुकाम बेनीमा बुधबार सम्पन्न बेनि नगर कमिटी दोस्रो अधिबेशनबाट कटुवाल अध्यक्ष पदमा सर्वसम्मत चयन हुनुभएको हुनुभएको हो । अध्यक्ष पदका लागी एकल उम्मेदवारी परेको थियो ।

त्यस्तै कमिटीको उपाध्यक्षमा कृष्णदत्त पौडेल, सचिवमा भोज बहादुर रिजाल, उप सचिव सुनिता के सी र बिबेक हमाल चयन हुनुभएको छ । अधिवेशनले ४५ सदस्यीय नगर कमिटी सर्वसम्मत चयन गरेको हो ।

अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएका कटुवाल म्याग्दी उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष समेत हुनुहुन्छ । कुशल संगठक कटुवाल एमालेको राजनीतिमा लामो इतिहास भएको नेता हुनुहुन्छ ।

करिब तीन दशक यता पार्टीमा आवद्ध हुँदै आउनुभएका कटुवाल सामाजिक कार्यक्रर्ता समेत हुनुहुन्छ । कोभिड महामारीका समय बेनी अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा रहेर कोभिड नियन्त्रणमा प्रभावकारी भूमिका समेत निर्वाह गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार