छिमेक लघुवित्त जलजला शाखाको तेस्रो इकाई भेला

  म्याग्दी न्युज संवाददाता

बेनी । वित्तीय संस्था लिमिटेड जलजला शाखाको   शनिबार तेस्रो  ग्राहक / सदस्य गुनासो सुनुवाई (इकाई भेला) सम्पन्न भएको छ । जलजला गाउँपालिका भित्र  रहेका आफ्ना सदस्यहरु र सदस्यहरुको अभिभावकहरुलाई  लक्ष्यित गरेर कार्यक्रम आयोजना गरिएको जलजलाकाे शाखा प्रमुख लक्ष्मण पाठकले जानकारी दिनुभयो ।

उहाँका अनुसार, भेलामा ३ जना उत्कृष्ट सफल व्यवसायीलाई ३ हजार ५ सय ५१ रुपैयाँ नगद पुरस्कार र सम्मान पत्रले सम्मान गरिएको छ । यस्तै शाखाका ५ वटा उत्कृष्ट इकाई समुहलाई १२ हजार  २५ रुपैयाँ नगद र सम्मान पत्र प्रदान गरिएको छ । यस्तै ५ वटा इकाई (समुह) अन्तर्गतका ५ जनाको छोरी पढाउनका लागि ३ हजार ६ सयका दरले १८ हजार रुपैयाँ छात्रवृत्ती प्रदान गरिएकाे छ। उक्त कार्यक्रममा सदस्य ८५ जना र अभिभावक २४ गरी कुल १ सय ९ जनाको सहभागिता थियो । कार्यक्रममा कर्जाको महत्व, सदुपयोगिता, व्यवसायिक ज्ञान, बित्तीय साक्षरता, बचतको महत्व, सफल उद्यमी कसरी बन्ने डिजिटल प्रविधिको प्रयोग कसरीगर्ने आदि विषयमा प्रशिक्षण समेत दिइएको थियो ।

बित्तीय संस्थाका विभागीय प्रमुख विश्वनाथ सिग्देल, प्रदेश  प्रमुख श्रीकृण्ण जोशी,अनुगमन प्रमुखहरू धुव्र राज अधिकारी र  सूचना प्राविधिक सुरेश प्रसाद भट्ट  ,शाखा प्रबन्धक लक्ष्मण पाठक शाखाका कर्मचारीहरुले कार्यक्रमलाई सहजीकरण गर्नुभएको थियो । भेलामा सहभागी भएका ग्राहक सदस्य वाट आएका गुनासोको वारेमा सुनुवाइ भएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार