बेनीमा होलीको उमङ्ग (तस्बिरहरु)

  म्याग्दी न्युज संवाददाता

बेनी। फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज म्याग्दीमा पनि मनाइएको छ । आइतबार हिमाली र पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइएको छ । यो पर्व तराईमा भने सोमबार मनाइँदैछ ।

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ ।सोही क्रममा म्याग्दी सदरमुकाम बेनीमा पनि हर्षोल्लासका साथ होली पर्व मनाइएको छ ।परिवार, साथीभाइ, शुभचिन्तकसँग एकआपसमा विभिन्न रंग र लोला खेली खुशी साट्दै यो पर्व मनाउने गरिन्छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार