मेरो माइक्रोफाइनान्स लघुवित्त मोहनचोक शाखाको वार्षिक केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता अभिवृद्धि कार्यक्रम

  म्याग्दी न्युज संवाददाता

बेनी ।मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तिय लिमिटेड शाखा कार्यालय मोहनचोक शाखा,पर्वतको वार्षिक केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता अभिबृद्धि कार्यक्रम सम्पन्न भएको छ । शाखा कार्यालयको शुक्रबार एक कार्यक्रमका विच सम्पन्न भएको हो । कार्यक्रममा गाउँपालिकाका सहायक अधिकृत प्रताप शर्माले लघुवित्त क्षेत्रले देशको अर्थतन्त्रमा ठुलो योगदान दिएको बताउनुभयो । आगामी दिनमा गाउँपालिकाले लघुवित्त सँग आवश्यक सहकार्य गर्ने उहाँले बताउनुभयो । यसैगरी तनहुँको खैरिनिटार अनुगमन अधिकृत देवराज पाण्डेले लघुवित्तको वर्तमान अवस्था र मेरो माइक्रोफाइनान्सको बारेमा जानकारी गराउनुभएको थियो ।


विक्रम संवत फागुन २०७६ मा स्थापना भएको संस्थाको २ वटा जिल्लाका पाँच गाउँपालिका र नगरपालिका शाखामा कार्यक्रम बिस्तार भएका छन् । ६ सय जना सदस्य र ३४० जना ऋणीको संख्या रहेका छन् ।चार करोड रुपैयाँ कर्जा लगानी गरेको संस्थाको ९० लाख रुपैयाँ बचत रहेको शाखा प्रमुख प्रमिला श्रेष्ठले बताउनुभयो । साथै सोही कार्यक्रममा उत्कृष्ट केन्द्रहरुलाई पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा मिलनचोक प्रहरी चौकीका सई राजेश मल्ल ,कास्कीको ढिकुरपोखरी शाखा प्रवन्धक रामकृष्ण पुडासैनी ,बागलुङका शाखा प्रवन्धक प्रकाश पंगेनी लगायतको सहभागीता रहेको थियो । कार्यक्रमको सन्चालन हर्क केसीले गर्नुभएको थियो भने संस्थाका कर्मचारी मेघराज सुवेदीले स्वागत गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार