दग्नामकी मृगौला पीडित सुनमायाँद्वारा सहयोगको अपिल

  धनिलाल गर्बुजा

दग्नाम । दुवै मृगौला फेल भएर उपचार गराइरहेकी दग्नामकी सुनमायाँ थजालीले उपचारका लागि आर्थिक सहयोग गरिदिन आग्रह गरेकी छन् । साबिकको दग्नाम हाल बेनी नगरपालिका वडा नम्वर ८ निवासी ४९ बर्षिया थजालीले उपचारका लागि आफ्नो आर्थिक स्थिति कमजोर भएकाले थप उपचारका लागि सबैमा आर्थिक सहयोगको अपिल गरेकी हुन् ।

करिव १० वर्ष अगाडी आफ्नो शरिरमा समस्या देखा परेपछि चेक जाँच गर्न अस्पताल पुग्दा उनको दुबै मृगौलामा समस्या रहेको थाहा भएको थियो । लामो समयदेखि औषधी सेवन गर्दै आउनु भएकी थजालीको दुवै मृगौलाले काम गर्न छोरे पश्चात पोखरा स्थित मनिपाल शिक्षण अस्पताल डाइलासिस सेन्टरमा उपचार गराइरहेकी छन् ।

उपचारको क्रममा आफुसँग भएको पैसा सकिएपछि अहिले सहयोग माग्न बाध्य भएको पीडितकी श्रीमान टेकबहादुर थजालीले बताउनुभयो ।
पारिवारिक आर्थिक अवस्था कमजोर भएकोले उपचारमा सहयोग गर्न पीडित थजालीले सबैसँग आग्रह गरेकी छन् । आर्थिक रुपमा कमजोर थजालीको मृगौला प्रत्यारोपणका लागि आर्थिक अभाव भएपछि अहिले उनका आफन्त सहयोगको खोजीमा छन् ।

थजालीलाई सहयोग गर्न उहाँकै श्रीमान टेकबहादुर थजालीको नाममा रहेको प्रभु बैंकको खाता नम्बर ०७६०१७२३७२५०००१७ मार्फत् सहयोग गरेर ज्यान बचाइदिन थजाली परिवारले आग्रह गरेका छन् ।
थप जानकारीका लागि उहाँको श्रीमान टेकबहादुर थजालीको मोबाइल नम्बर ९८४७६४८७२९ वा ९८४७६३३६१४ मा सम्पर्क गर्न सकिनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार