पिप्ले घर बताउने एक युवा मलेसियामा अलपत्र

  म्याग्दी न्युज संवाददाता

बेनी । उहाँलाई आफ्नो नाम, थर, आफू मलेसिया आएको कति समय भयो, कसरी पुग्नुभयो, परिवारमा को को हुनुहुन्छ— केही पनि याद छैन । प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी) मलेसिया आउटरिचका अनुसार उहाँले नेपालको ठेगाना पिप्ले बताउनुहुन्छ । रघुगंगा गाउँपालिका- ३ नम्बर वडामा पिप्ले गाउँ रहेको छ । तर सोही नाम गरेको ठाउँ अन्य ठाउँमा समेत भएकाले उहाँको गाउँको पहिचानमा समस्या भएको छ ।

उहाँलाई क्वालालम्पुरमा अहिलेको अवस्थामा पीएनसीसी मलेसियाका संयोजक पूर्ण सुब्बाले मलेसियाको समयअनुसार बिहान ४ बजे सडकमा बसिरहेको अवस्थामा छ महिनाअघि फेला पार्नुभएको हो ।अहिले उहाँ मलेसियाको स्पाई रस सेक्युरिटीमा सेक्युरिटी गार्डको काम गरिरहनुभएको छ । उहाँ त्यही सेक्युरिटीमा काम गर्ने साथीहरूको रेखदेखमा हुनुहुन्छ ।उहाँको स्वास्थ्य स्थिति गम्भीर भएका कारण उहाँलाई चिन्ने वा उहाँको बारेमा कुनै पनि जानकारी भए तल दिइएको नम्बरमा सम्पर्क गर्न सक्नुहुन्छ ।

सम्पर्क–
नेपाल : कुलप्रसाद कार्की
९८५१११३२२१
मलेसिया : पूर्ण सुब्बा
६० १८३५० ७७३०

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार