सडक मानवको व्यवस्थापनमा सरोकारवालासँग अन्तरक्रिया (तस्बिरहरु)

  म्याग्दी न्युज संवाददाता

बेनी । सडक मानव व्यवस्थापन तथा उद्धार, राहतको लागि सोमबार म्याग्दीको सदरमुकाम बेनीमा सरोकारवालाहरुसँग अन्तत्र्रिmया कार्यक्रम सम्पन्न भएको छ । सामाजिक विकास कार्यालय म्याग्दी र मानव सेवा आश्रम बागलुङको आयोजना तथा जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालय म्याग्दीको समन्वयमा जिल्लाका सरोकारवालाहरुसँग अन्तत्र्रिmया र छलफल गरिएको हो ।

कार्यक्रममा आफ्नो प्रस्तुतीकरण गर्दै मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष राम्जी अधिकारीले हालसम्म मानव सेवा आश्रममा १७ सय जनालाई व्यवस्थापन गरेर राखिएको जानकारी दिएका छन् । उनले तीमध्ये १ हजार जना मानसिक रुपमा कमजोर रहेको बताउँदै उनीहरु सबैलाई नियमित रुपमा औषधी खुवाउनुपर्ने र एकजना मानसिक रोगीको उपचारमा मासिक तीनहजार रुपैयाँदेखि पाँचहजार रुपैयाँसम्म खर्च लाग्ने गरेको बताए । मानव सेवा आश्रममा एक जनाको मासिक १५ हजार रुपैयाँभन्दा बढी खर्च रहेको उनको भनाइ छ ।

मानव सेवा आश्रममा सडक मानवहरुको व्यवस्थापन र पालनपोषण तथा उपचारका लागि मासिक रुपमा करिब तीन करोड रुपैयाँ बढी खर्च हुने गरेको अध्यक्ष अधिकारी बताउँछन् । वैशाखको पहिलो हप्तामा मात्रै देशका विभिन्न स्थानबाट गरी ३४ जना सडक मानवको व्यवस्थापन गरिएकोमा १२ जना गण्डकी प्रदेशबाट उद्धार गरी व्यवस्थापन गरिएको छ । मानव सेवा आश्रमले हालसम्म गण्डकी प्रदेशबाट पुरुष ९ सय ८३ र महिला ६ सय ७३ गरी कुल १६ सय ५६ जनाको व्यवस्थापन गरेको छ भने म्याग्दी जिल्लाबाट ४२ जनाको उद्धार गरिएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद ३ (त)मा ज्येष्ठनागरिक, अपाङ्गता र अशक्तको व्यवस्थापन गर्नुपर्ने उल्लेख छ ।

बागलुङमा मानव सेवा आश्रमको स्थापना गरी विभिन्न ६८ जनालाई व्यवस्थापन गरिएको केन्द्रीय अध्यक्ष अधिकारीले बताएका छन् । कार्यक्रमको अवसरमा अल्पकालीन सेवा केन्द्र बेनी म्याग्दीका प्रमुख साधना केसीलाई मायाको चिनोसहित सम्मान गरिएको थियो । कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य विमला गौचनले सडक पेटीमा छरिएर रहेका मानवहरुको व्यवस्थापन गर्नको लागि प्रदेश सरकारमार्फत आवश्यक पहल थालिएको बताइन् । उनले सडकमा रहेका मानवको व्यवस्थापन गर्न सरोकारवाला सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताएकी छन् ।

म्याग्दीका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले सडक पेटीमा रहेका मानवहरुको उद्धार, राहत र पुनसर््थापना गर्ने कार्यमा सबैले सहयोग गर्नुपर्ने बताउँदै स्थानीय प्रशासनको तर्फदेखि आवश्यक सहजीकरण गरिने बताए । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक कुमार गुरुङ र जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ नायव निरीक्षक राजकुमार केसीले मन्तव्य व्यक्त गरेका थिए । सामाजिक विकास कार्यालय म्याग्दीका प्रमुख रमेश थापाले उद्देश्यमाथि प्रकाश पारेको कार्यक्रम नायव सुब्बा गोविन्द पुनको सञ्चालनमा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा जिल्लास्थित स्थानीय पालिकाका जनप्रतिनिधिहरु, विभिन्न कार्यालय तथा संघसंस्थाका प्रमुख एवं प्रतिनिधिहरुले सहभागिता जनाएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार