मंगला गाउँपालिकाका द्वन्द्वपीडितलाई सम्मान

  म्याग्दी न्युज संवाददाता

म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका भित्रका ३२ द्धन्द्धपीडित परिवारलाई सम्मान गरिएको छ । गाउँपालिकाको आर्थिक सहयोगमा द्धन्द्धपीडित अधिकार मञ्च, द्धन्द्ध महिला राष्ट्रिय सञ्जाल र अपाङ्गता भएका द्धन्द्ध पीडितहरुको राष्ट्रिय संजालको आयोजनामा नेपालमा २०५२ सालदेखि ०६२ सालसम्म १० वर्ष चलेको द्वन्द्वको समयमा राज्य र विद्रोही पक्षबाट विस्थापित द्वन्द्वपीडितहरुका परिवारलाई सम्मान गरिएको हो ।उक्त सम्मान कार्यक्रममा सहभागी द्धन्द्धपिडितहरु र उनीहरुका परिवारले स्थानीय तह र राज्यले आफुलाई उपेक्षा गरेको गुनासो गरेका हुन् । कार्यक्रममा खरिमाया किसानले द्धन्द्ध पीडितहरुलाई अहिले सम्म कुनै सहयोग र राहत नपाएको बताउनुभयो । उहाँले स्थानीय तहले आयआर्जनमा केन्द्रित भएर कार्यक्रमहरु ल्याईदिएमा छोराछोरी पाल्न र पढाउन सहज हुने बताउनुभयो ।

त्यस्तै मंगली बिकले राज्यले पीडितलाई राहतका कार्यक्रमहरु घोषणा गरेपनि अहिले सम्म कुनै राहत नपाएको बताउनुभयो । उहाँले का मगर्न सक्नेलाई स्थानीय तहले आफ्नो दक्षता अनुसारको रोजगारी दिएपनि द्धन्द्ध पीडितको जिवनस्तर सुधार हुने बताउनुभयो । कार्यक्रमा उपस्थित भएका अधिकांशको गुनासो सकारले आफुलाई वेवास्ता गरेको बताएका थिए ।

उक्त सम्मान कार्यक्रममा गाउँपालिका उपाध्याक्ष प्रेमकुमारी खत्रीले गाउँपालिकाले द्धन्द्ध पीडितहरु र परिवारलाई प्रत्येक बर्ष कुनै न कुनै कार्यक्रमको माध्यमबाट सम्बोधन गरेको बताउनुभयो । उहाँले पालिका बजेट कम हुने भएकाले एक पटकमा सबै समस्या समाधान हुने गरी सम्बोधन गर्न नसकीएको बताउनुभयो ।कार्यक्रममा सामाजिक विकास कार्यालय म्याग्दीका कार्यालय प्रमुख रमेश थापाले सकारात्मक सोज र भावी योजनाहरु कस्ता हुनुपर्छ भन्ने बिषयमा, सुजता खत्रीले महिला शान्ति र सुरक्षा सम्बन्धी संयुक्त राष्ट्र संघ सुरक्षा परिषद प्रस्ताव नम्बर १३२५ र १८२० र अन्य पुरकको बिषयमा र सुरेन्द्र खत्रीले समकालीन न्यायको बारेमा सहजिकरण गर्नुभएको थियो ।

कार्यक्रमा गाउँपालिकाका प्रवक्ता एमव् वडा नं। १ कुहुँका वडा अध्यक्ष एकजित रोका, वडा नं. ४ का वडा अध्यक्ष लालबहादुर रोका, मंगला माविका प्र।अ लगायतले बोलको कार्यक्रममा द्वन्द्वपीडित अधिकार द्धन्द्धपीडित अधिकार मञ्च म्याग्दीका अध्यक्ष भीमबहादुर रिजालको अध्यक्षता द्धन्द्ध महिला राष्ट्रिय सञ्जालको अध्यक्ष देबीकुमारी खत्रीको स्वागत र अधिकार मञ्च समाजका सचिव सुरेन्द्र खत्रीको संचालनमा सम्पन्न भएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार