म्याग्दीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

  म्याग्दी न्युज संवाददाता

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–४, खारामा आइतबार ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।धवलागिरी गाउँपालिका–४ ,नाउरा देखि मालिका गाउँपालिकाको केन्द्र दरवाङतर्फ आउँदै गरेको लु ४ त ३४९३ नम्बरको ट्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी निरीक्षक राजन रायमाझीका अनुसार ट्याक्टरमा सवारी रामेछापको खाँडदेवी गाउँपालिका–८, का ३२ वर्षीय रवी भण्डारीको मृत्यु भएको हो ।भण्डारीलाई दिउँसो १२ः२० मा दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरीक्षक रायमाझीले जानकारी दिनुभयो।

ट्याक्टर सडक देखि ३०० मिटर तल खसेको थियो । चालक मकवानपुरको हेटौडा उपमहानगरपालिका- १, का ३० वर्षीय भुवन कुमार पाख्रिन सकुशल रहनुभएकाे छ। उक्त ट्याक्टर अपर म्याग्दी जलविद्युत आयोजनामा निर्माण सामग्री ढुवानीमा प्रयोग भएको थियो ।मृतकको शवलाई बेनी अस्पतालमा राखिएको र चालक पाख्रिनलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार