दग्नामकी मृगौला पीडित सुनमायालाई बहराइनबाट सहयोग

  धनिलाल गर्बुजा

बेनी । रोजगारको शिलशिलामा बहराइनमा रहेका दग्नामीहरुको साझा संस्था दग्नाम बैदेशिक सहयोग समिति बहराइनबाट मृगौला पीडित एक महिलालाई उपचारार्थ आर्थिक सहयोग गरेका छन् । म्याग्दीको रघुगंगा गाउँपालिका–४, हाल बेनी निवासी ४९ वर्षकी मृगौला पीडित सुनमायाँ थजालीलाई दग्नाम बैदेशिक सहयोग समिति बहराइनका अध्यक्ष छप्रसाद पाईजा र मिन गर्बुजाको संयोजत्वमा संकलित ७९ हजार एक सय ६५ रुपैयाँ आर्थिक सहयो गरेको हो ।

प्राप्त रकम दग्नाम दर्मिजा समाज बेनी गलेश्वरका अध्यक्ष थप्रसाद गर्बुजाले सुक्रबार बिरामीको घरमै पुगेर थजालीलाई हस्तान्तरण गर्नुभएको भयो । सहयोग रकम ग्रहण गर्दै थजालीले सहयोग गर्नु हुने सम्पूर्ण सहयौगीहरुलाई धन्यवाद ब्यक्त गर्नु भयो ।

करिव १० वर्ष अगाडी आफ्नो शरिरमा समस्या देखा परेपछि चेक जाँच गर्न अस्पताल पुग्दा उनको दुबै मृगौलामा समस्या रहेको पुष्टि भएको थियो । लामो समयदेखि औषधी सेवन गर्दै आउनु भएकी थजालीको दुवै मृगौलाले काम गर्न छोरे पश्चात बेनी अस्पताल डाइलासिस सेन्टरमा हप्ताको दुई पटक उपचार गराइरहेकी छन् ।

उपचारको क्रममा आफुसँग भएको पैसा सकिएपछि अहिले सहयोग माग्न बाध्य भएको पिडितकी श्रीमान टेकबहादुर थजालीले बताउनुभयो । ‘मृगौला प्रत्यारोपण गर्न ठूलो खर्च लाग्ने भएको छ’ उहाँले भन्नुभयो, ‘आर्थिक अवस्था कमजोर भएकाले अझै पनि सहयोगको अपेक्षा गरिरहेका छौं ।’ स्वदेश तथा विदेशबाट हाल सम्मा १० लाखमा बढी आर्थिक संकलन भएको छ । घरको आर्थिक अवस्था कमजोर भएपनि सहयोग रकम संकलन हुन थालेपछि थजालीलाई बाच्ने आशा पलाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार