प्रधानमन्त्री ओलीले संसद्‌मा पाए दुईतिहाइ मत

पक्षमा १८८, विपक्षमा ७४

  म्याग्दी न्युज संवाददाता

काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा दुईतिहाइ मत प्राप्त गर्नुभएको छ । आइतबार प्रतिनिधिसभामा ओलीले प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा दुईतिहाइ मत प्राप्त भएको हो ।ओलीलाई सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र दोस्रो दल एमालेसहितका १८८ सांसदले मत दिए । विपक्षमा ७४ मत खस्यो ।नेमकिपाका सांसद प्रेम सुवाल भने तटस्थ बसे ।सम्पूर्ण सदस्य संख्याको दुईतिहाइ हुन १८४ मत आवश्यक पर्छ । ओलीले त्यसभन्दा ४ मत बढी पाउनुभएको छ ।

२०८१ असार ३० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएका एमाले अध्यक्ष ओलीले भोलिपल्टै पद तथा गोपनीयताका शपथग्रहण गर्नुभएको थियो ।
एक साता नबित्दै ओलीले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्नुभएको हो।ओलीलाई कांग्रेस–एमालेका अलावा जसपा, जनमत, जसपा नेपाल, लोसपा, नागरिक उन्मुक्ति र २ स्वतन्त्र सांसदले विश्वासको मत दिएका हुन् ।ओलीको विपक्षमा माओवादी, रास्वपा, राप्रपा, नेकपा एकीकृत समाजवादीसहितले मतदान गरेका छन् ।

२०७९ पुस २६ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २७० सदस्य उपस्थित हुँदा २६८ जनाको समर्थन पाउनुभएको थियो । जुन ९९ प्रतिशतभन्दा बढी थियो । तर, पाँचौंपटक विश्वासको मत लिने क्रममा प्रचण्डले गत असार २८ गते ६३ जनाको मात्रै मत पाउनुभयो ।प्रचण्ड पदमुक्त भएपछि ओली कांग्रेसको समर्थनमा प्रधानमन्त्री भन्नुभएको हो । यी दुई दलबीच २०८३ असारसम्म ओली र त्यसपछि २०८४ मंसिरमा निर्वाचन नगर्दासम्म कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने समझदारी भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार